दाङको शान्तिनगर गाउँपालिकामा २७ वर्षीय स्वतन्त्र उम्मेदवार वली विजयी

साझासवाल

जेठ १, तुल्सीपुर | दाङको शान्तिनगर गाउँपालिका वडा नं २ मा स्वतन्त्र उम्मेदवार  सुनिल वली विजयी भएका छन  । यो वडा नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीको गृह वडासमेत हो ।

उनले ६२९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका ठाकुर प्रसाद केसीले ५९७ मत प्राप्त गरेका थिए । कांग्रेसका आधिकारिक उम्मेदवार टोपेन्द्रा खड्काले ३५१ र एमालेका उम्मेदवार पूर्णबहादुर वलीले ३३४ मत प्राप्त गरेका छन ।

वडाध्यक्ष विजयी भएका वली कांग्रेस निकट थिए ।  टिकट वितरणमा असन्तुष्टि जनाउदै २७ वर्षीय वलीले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

Leave a Comment

Leave a Reply