<p><b>जेठ १, काठमाडौँ |</b> कैलालीको घोडाघोडी नगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ ।<br></p><p>अहिलेसम्म छ हजार ९ सय ६४ मतगणना हुँदा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार खडक रावतले दुई हजार ८६४ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार ममताप्रसाद चौधरीले एक हजार ८६३ मत पाएकी छन् । </p><p>त्यस्तै उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका गुलियादेवी चौधरीले दुई हजार ३७३ मत प्राप्त गर्नुभएकाे छ । नेकपा एमालेकी करूणादेवी बटालाले एक हजार ७ सय १५ मत प्राप्त गर्नुभएकाे छ ।</p>
May 15, 2022
कैलाली - KLL, राजनीति
कैलालीको घोडाघोडीमा एकीकृत समाजवादीको अग्रता कायमै
By साझासवाल
2 मिनेट पढाइ










