2026-09-12 04:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिद्धार्थनगर प्रमुखमा कांग्रेसको सुरुवाती अग्रता कायम

जेठ १, भैरहवा | रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको स्थानीय तह निर्वाचनमा कांग्रेसले सुरुवातबाट नै अग्रता कायम राखेको छ । १३ वटा वडा रहेको नगरमा हाल सम्म २ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ । ३२ हजार ६७ मत खसेको रुपन्देहीमा ४ ठाउँमा मतगणनाको काम चलिरहेको छ । 

भैरहवास्थित भैरहवा नमुना माविको हलमा भइरहेको मतगणनामा कांग्रेसबाट उम्मेदवार रहेका इस्तियाक अहमद खान अगाडि जाँदै गर्दा उनलाई पछ्याउँदै राप्रपाका उम्मेदवार सागर प्रताप राणा छन् । 

यस्तै एमालेको डाक्टर रामप्रसाद बस्याल पनि करिब आधाकै फराकिलो अन्तरमा छन् । २ वटा वडाको नतिजा आउँदा वडा नम्बर १ मा जनता समाजवादी पार्टीका उज्ज्वल पोखरेल विजयी भएका छन् ।

वडा नम्बर १ मा पोखरेलले ७ सय ५८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका यामबहादुर थापाले ७ सय ३० मत प्राप्त गरेका छन् । यस्तै वडा नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका छेदीलाल श्रीवास्तव ४ सय ४३ मतका साथ विजयी भएका छन् । १ हजार ८ सय ४५ मत रहेको वडामा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एसका सुनिलकुमार पुनले ४ सय ३६ मत प्राप्त गरेको निर्वाचन कार्यालय रुपन्देहीले जानकारी दिएको छ। 

यस्तै वडा नम्बर ३ र ४ को मतगणना जारी छ । वडा नम्बर ३ मा माओवादी र राप्रपाले लिड गरिरहेका छन् भने वडा नम्बर ४ मा पनि राप्रपाकै अग्रता छ । यस्तै उपप्रमुखतर्फ पनि सिद्धार्थनगरमा कडा प्रतिस्पर्धा छ । 

राप्रपाबाट उम्मेदवारी दिएकी विनीता गुप्ताले अग्रता लिएकी छन् । गुप्ताले २ हजार ७३ मत प्राप्त गर्दा नेकपा एमालेकी उमा अधिकारीले १ हजार ५ सय ९० मत ल्याइएकी छन् । यस्तै माओवादीका तर्फबाट गठबन्धनकी उम्मेदवार कमला थापाले १४ सय ४४ मत ल्याउँदै तेस्रो स्थानमा रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस