पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>जेठ २, कञ्चनपुर | </b>कञ्चनपुरको कृष्णपुर नगरपालिकामा खसेकोभन्दा बढी मत भेटिएपछि मत गणना रोकिएकाे छ । कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा खसेकोभन्दा डेढ सय मत बढी पाइएपछि मतगणना रोकिएको हो। कृष्णपुर ९ मा १ हजार ९ सय १४ मत खसेको थियो।</p><p>गणनाका क्रममा २ हजार ६४ मत आएपछि गणना स्थगित गरिएको निर्वाचन अधिकृत नरेन्द्र बुढाले बताए । अहिले मत रूजु गर्न सर्वदलीय बैठक बसिरहेकाे छ ।</p>

