<p><b>जेठ २, काठमाडौं ।</b> प्युठानको सरुमारानी गाउँपालिकामा एमालेका उमेदवार विजयी भएका छन् । पालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले जित हासिल गरेको हो । <br></p><p>पालिका अध्यक्षमा एमालेका झगबहादुर विश्वकर्माले ४ हजार २८० मतसहित निर्वाचित भएकी हुन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मुकुन्दराज शर्माले ४ हजार १९४ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । </p><p>यस्तै, उपाध्यक्षमा एमालेकी वसन्ता खड्का ४ हजार ३९४ मतसहित निर्वाचित भएकी हुन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका गुप्तबहादुर रानाले ४ हजार २७ मत प्राप्त गरे ।</p>
प्युठानको सरुमारानी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा एमालेको जित
Leave a Comment

