२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेमा यस्तो छ मतगणनाको अवस्था

२०७९, २ जेष्ठ सोमबार ०७:१०

जेठ २, नेपालगञ्ज | गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका रामदास थारूले ७३ मतले अग्रता लिएका छन् । कांग्रेसका तप्त पौडेलले दोस्रो स्थानमा रहँदै एमालेका थारूलाई पछ्याइरहेका छन् ।  

मतगणनाको पछिल्लोअनुसार एमालेका थारुले सात हजार १०० मत ल्याउँदै पहिलो स्थानमा छन् भने कांग्रेसका पौडेल सात हजार २७ मतका साथ दोस्रो स्थानमा छन् । पौडेल थारूभन्दा ७३ मतले पछि छन् । 

त्यस्तै माओवादीका अध्यक्षका उम्मेदवार पट्टु थारूले पाँच हजार ७६९ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा एमालेकै अग्रता छ । एमालेकी चमेली बागवलको सात हजार २००, कांग्रेसकी मनिषासिंह थारूको ६ हजार ९९२  र माओवादीकी मन्जु रोकायले पाँच हजार ३७० मत पाएका छन् । अहिले मतगणना जारी छ ।

यसैगरी बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट ठूलो मतान्तरले अगाडि छन् । वडा नम्बर १, २, २१, २२ र २३ नम्बर वडाको मतगणना सकिँदासम्म विष्टले चार हजार २५७ मत पाएका छन् । नेकपा एमालेका पशुपतिदयाल मिश्र एक ८८७ मतका साथ दोस्रो स्थानमा छन् । विष्ट मिश्रभन्दा दुई हजार ३७० मतले अघि छन् । राप्रपाका नन्दलाल वैश्यले एक हजार ६३५ मत पाएका छन् । 

यस्तै उपप्रमुखमा जसपाका कमरुद्दिन राईले दुई हजार ९६९ मतका साथ अग्रता कायमै राखेका छन् । दोस्रोमा रहेकी राप्रपाकी विन्दु चर्ती मगरले दुई हजार १५५ मत पाउँदा एमालेकी शान्तिदेवी ढकालको एक ७१९ मत आएको छ ।  

यसैगरी बाँकेको खजुरा गाउँपालिकामा एमालेबाट अध्यक्ष पदका उम्मेदवार सुमन मल्लले पाँच हजार ४८७ मत प्राप्त गरेका छन् । उनलाई गठबन्धनका डम्बर विक तुफानले पाँच हजार १३ मतका साथ पछाउँदै आएका छन् । खजुरामा उपाध्यक्षमा एमालेका साकरुन निशाले चार हजार ७५८ मतले अग्राता लिएकी छन् भने उनलाई गठबन्धनकी मञ्जु मल्लले चार हजार ७३६ मतले पछाउँदै आएकी छन् ।

बाँकेको डुडुवामा काँग्रेसका नरेन्द्र चौधरीले दुई हजार ४६६ मत प्राप्त गरी अग्रस्थानमा छन् । उनलाई एमालेकी सरोजदेवी यादवले पछाउँदै एक हजार ५८२ मत ल्याएकी छन् । जसपाका भण्डारीलाल यादवले एक हजार ४४५ मत ल्याई तेस्रो स्थानमा छन् ।

डुडुवामा उपाध्यक्षका लागि कांग्रेसका शायदा बानोले २३०७ मत प्राप्त गरी अग्रस्थानमा छन् । उनलाई एमालेका शकिल अहमद खाँनले एक हजार ६७६ मत ल्याएर पछाउँदै छन् भने जसपाका तरन्नुम बानो एक हजार ४४५ मत ल्याएर तेस्रो अवस्थामा रहेकी छन् ।

यसैगरी बाँकेको जानकी गाउँपालिकामा नेपाली काँग्रेसका छब्बन खाँले २३०२ मत प्रँप्त गरी पहिलो स्थानमा रहेका छन । उनलाई एमालेका हिमान्शु यादवले १४४३ मतले पछाउदै दोस्रो र जसपाका राजिव बर्माले १२९४ मत ल्याएका छन ।

उपाध्यक्षमा नेपाली काँग्रेसका रामप्यारी यादवले दुई हजार ४०५ ल्याई अग्रस्थानमा छन् । उनलाई माओवादी केन्द्रका रक्षाराम यादवले एक हजार २७३ मतले पछाउँदै छन् भने तेस्रो स्थानमा एमालेकी भूमिसरा धितालले ९२३ मत ल्याएकी छन् । 

कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसका पूर्णप्रसाद आचार्यले दुई हजार ३४८ मत ल्याई अग्रस्थानमा छन् । उनलाई एमालेका खिलप्रसाद भुसालले एक हजार ९८८ मतले पछ्याउँदै दोस्रो स्थान र माओवादी केन्द्रका नरेन्द्र न्यौपानेले एक हजार ६९३ मतका साथ तेस्रो स्थानमा छन् ।

उपमेयरमा नेपाली कांग्रेसकै संगीता सुवेदी पौडेलले दुई हजार ५०२ मत प्राप्त गरि अग्रस्थानमा छन् । उनलाई एमालेकी अस्मिता थारूले दुई हजार ८८ मत प्रप्त गरी दोस्रो स्थान र एकीकृत समाजवादीकी नारायणी वलीले ८८७ मत प्राप्त गरेकी छन् ।

नरैनापुरमा मतगणना जारी भएपनि नतिजा सार्वजनिक भएको छैन भने बैजनाथमा मतगणना स्थगित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो