Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

वीरगन्ज महानगरको उपमेयरमा आधा भन्दाबढी मत बदर भएपछि पुन मतदानको माग

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

जेठ २, वीरगन्ज | वीरगन्ज महानगरपालिकाको उपमेयरकी स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले महानगरमा उपमेयर पदका लागि पुन निर्वाचन गराउन निर्वाचन आयोगसँग माग गरेकी छन्।

मतदाता शिक्षाको अभावमा उपमेयर पदको आधाभन्दाबढी मत बदर भइरहेकाले उपमेयर पदको पुन मतदान गराउन उनले माग गरेकी हुन्। वीरगन्ज महानगरको जारी मतगणनाका क्रममा मेयरमा २५ प्रतिशत र उपमेयर पदमा ५० प्रतिशत भन्दाबढी मत बदर भइरहेको भेटिरहेको छ।

सोमबार अपरान्ह मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेललाइ निवेदन बुझाउदैं मिश्राले महानगरमा गत शुक्रबार भएको उपमेयरको मतदान रद्धगरी पुन मतदान गराउन आयोगसंग माग गरेकी हुन्। जारी मतगणनामा उपमेयर पदमा आधा भन्दाबढी मत बदर भइरहेको भन्दै मिश्रले यसले नागरिकको वास्तविक जनमत नआउने बताएकि छन्।

निर्वाचन आयोगले यसपालि मतदाता शिक्षा कार्यक्रम सन्चालन नगरेका कारण शुक्रबारको मतदानमा मतदान गर्ने क्रममा आधाभन्दा बढी मतदाताहरुले आफूले रुचाएका उम्मेदवारको चुनाव चिन्ह पहिचान गर्न अलमलमा परेकोले मत बदर भएको उनको जिकिर छ। त्यसैले वीरगन्ज महानगरमा उपमेय पदको मतगणना स्थगित गरी मतदाता शिक्षा सन्चालन गरेपछि मात्रै पुन त्यो पदमा अर्को मतदान गराउनु पर्ने माग मिश्राको छ।

लोसपाबाट चुनाव लड्ने तयारी गरेपनि अन्तिम समयमा आएर लोसपा नेतृत्वले टिकट नदिएपछि पार्टीबाट राजीनामा दिएर मिश्रले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्। निर्वाचन आयोगले उनलाइ गुलाफको फूल चुनाव चिन्ह प्रदान गरेको थियो।