सल्यानकाे शारदा नगरपालकिामा कांग्रेस विजयी

साझासवाल

जेठ ३, दाङ | सल्यानको शारदा नगरपालिकामा मेयरमा नेपाली कांग्रेसका प्रकाश भण्डारी विजयी भएका छ्न् । उनी १२ सय ८० मतको फराकिलो मतान्तरसहित विजयी भएका हुन् । भण्डारीले ६ हजार २१७ मत प्राप्त गरेका छ्न् ।

उपमेयरमा कांग्रेसकै सुस्मिता सापकोटा सुनार विजयी भएकी छ्न् । उनले ५ हजार ३ सय ८०  मत प्राप्त गरेकी छ्न् ।

मेयरमा एमालेका मनोज प्रधानले ४ हजार ९ सय ३७ मत प्राप्त गरी दोस्राे र माओवादी केन्द्रका प्रमोद श्रेष्ठले ३ हजार ९ सय ४४ मत प्राप्त गरी तेस्राे भएका छ्न् । प्रधान र श्रेष्ठ दुबै जना गत स्थानीय तह निर्वाचनमा मेयरमा पराजित भएका थिए ।

उपमेयरमा एकीकृत समाजवादीका रमेशकुमार गौतमले ४ हजार ९५ मत ल्याउँदा एमालेका जालना भण्डारीले ४ हजार ५२२  मत प्राप्त गरेकी छ्न् ।

Leave a Comment

Leave a Reply