Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

पोखरामा मतान्तर बढाउदै गठबन्धनका धनराज आचार्य

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ ३, कास्की । पोखरा महानगरमा गठबन्धनबाट मेयरका प्रत्याशी एकीकृत समाजवादीका धनराज आचार्यले मतान्तर बढाएका छन् ।

उनले एमालेका कृष्णबहादुर थापालाई १ हजार ३ सय ७९ मतले पछि पारेका हुन् ।२१ हजार ५ सय ६० मत गणना गर्दा एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ९ हजार  ६ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ७ हजार ६ सय २७ मत प्राप्त गरेका छन् | त्यस्तै  राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार शंकर खरेलले १ हजार ४४ मत ल्याएका छन् |  यस्तै स्वतन्त्र उम्मेदवार गणेश पौडेलले ५ सय ३६ मत प्राप्त गरेका छन् |

त्यस्तै उपमेयरमा काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ९ हजार २ सय ७६ मत ल्याएकी छन् भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ८ हजार ६ सय ६३ मत ल्याएकी छन् | यस्तै स्वतन्त्र उम्मेदवार रन्जना सेनले ८ सय ८९ मत प्राप्त गरेकी छन् |