रुपन्देहीको सुद्धोधन गाउँपालिकामा कांग्रेसका बस्याल र एमालेकी ज्ञवाली निर्वाचित

साझासवाल
1 Min Read

<p><b>जेठ ४, भैरहवा | </b>रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको छ । नेपाली कांग्रेसका विष्णु प्रसाद बस्याल ७ हजार ९८३ मत पाएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार किशुनचन्द्र चौधरी १ हजार ७१३ मतको अन्तरले पराजित भए । २०७४ को चुनावमा एमालेबाटै गाउँपालिका अध्यक्ष निर्वाचित भएका चौधरीले ६ हजार २७० मत पाए ।&nbsp;<br></p><p>गाउँपालिकाको उपाध्यक्षमा भने एमालेकी शान्तादेवी ज्ञवाली निर्वाचित भएकी छन् । ज्ञवालीले ६ हजार ६८२ मत पाएर निर्वाचित हुँदा माओवादी केन्द्रकी शारदा भुसालले ३ हजार २५५ मत पाएकी छन् ।&nbsp;</p><p>पालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो । सुद्धोधन गाउपालिकामा २७ हजार ५ सय ७८ मतदाता रहेकोमा २१ हजार ९ सय ६१ जनाले मताधिकार प्रयोग गरेका थिए ।</p>

Share This Article
Leave a Comment

Leave a Reply