2026-11-02 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लुम्बिनीका ७१ स्थानीय तहको नतिजा सार्वजनिक : कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो, एमाले तेस्रो

 जेठ ५, बुटवल | स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशका ७१ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । लुम्बिनीका १०९ पालिका मध्ये ७१ पालिकाको नतिजा सार्वजनिक हुँदा कांग्रेस  अग्रस्थानमा छ भने एमाले तेस्रो बनेको छ । 

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार ७१ पालिकामा ३२ पालिका जित्दै कांग्रेस पहिलो बनेको हो । माओवादी केन्द्र २१ पालिकामा विजयी बन्दै दोस्रो भएको छ भने एमाले १८ स्थानीय तह जित्दै तेस्रो बनेको छ ।

नतिजा सार्वजनिक भएकामध्ये दुईवटा पालिकामा राष्ट्रिय जनमोर्चाले विजय हासिल गरेको छ । लुम्बिनी प्रदेशमा रहेका १२ जिल्लामध्ये गुल्मी, रोल्पा, बर्दिया र रुकुम पुर्वका सबै पालिकाको मतगणना सकिएको आयोगले जनाएको छ । रुपन्देहीमा सिद्धार्थनगर नगरपालिका, देवदह नगरपालिका, कञ्चन, ओमसतिया र शुद्धोधन गाउँपालिकाको नतिजा आएको छ । जसमा देवदह नगरपालिका र ओमसतिया गाउँपालिका एमालेले जितेको छ भने सिद्धार्थनगर, कन्चन र शुद्धोधनमा काँग्रेस विजयी भएको छ ।

गुल्मीका १२ वटै स्थानीय तहको मतगणना सकिएको छ । मतपरिणाम अनुसार पाँचवटा पालिकामा काँग्रेस, चारवटा पालिकामा माओवादी केन्द्र र तीन वटा पालिकामा एमालेले जित हात पारेको छ ।

जिल्लाको दुई नगरपालिका मध्ये रेसुङ्गा नगरपालिकामा नेपाली काँग्रेसले जित निकालेको छ भने मुसिकोट नगरपालिका एमालेले जितेको छ । काँग्रेसले कालिगण्डकी, गुल्मीदरवार, मदाने र ईश्मा गाउँपालिका जितेको छ ।

त्यस्तै माओवादी केन्द्रले चन्द्रकोट, धुर्कोट, मालिका र रुरु गाउँपालिकामा जित निकालेको छ भने एमालेले मुसिकोट सहित छत्रकोट र सत्यवतीमा जित हात पारेको छ ।

त्यस्तै प्यूठानको पनि मतपरिणाम आउने अन्तिम तयारीमा छ । झिमरुकमा माओवादी र गौमुखीमा कांग्रेसले जित्ने निश्चित जस्तै छ । दाङको घोराही र तुल्सीपुरमा मतगणना भइरहेको छ । दुवैमा एमाले अगाडि छ । बाँकेको नरैनापुर गाउँपालिका, नेपालगञ्ज उपमहानगरपालिका, बैजनाथ, खजुरा, जानकी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतगणना भइरहेको छ ।

नवलपरासी पश्चिममा बर्दघाट नगरपालिका, रामग्राम नगरपालिका, सुस्ता, पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकामा मतगणना जारी छ । 

१. नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह 

गुल्मी दरबार गाउँपालिका, गुल्मी

रेसुंगा नगरपालिका, गुल्मी

मदाने गाउँपालिका, गुल्मी

ईस्मा गाउँपालिका, गुल्मी

कालिगण्डकी गाउँपालिका, गुल्मी

ऐरावती गाउँपालिका, प्यूठान

स्वर्गद्धारी गाउँपालिका, प्युठान

राजपुर गाउँपालिका, दाङ

बबई गाउँपालिका, दाङ

राजपुर गाउँपालिका, दाङ

दंगीशरण गाउँपालिका, दाङ

लमही नगरपालिका, दाङ

शान्तिनगर गाउँपालिका, दाङ

डुडुवा गाउँपालिका, बाँके

राप्ती सोनारी गाउँपालिका, बाँके

बारबर्दिया नगरपालिका, बर्दिया

गुलरिया नगरपालिका, बर्दिया

गेरुवा गाउँपालिका, बर्दिया

ठाकुरबाबा नगरपालिका, बर्दिया

बारबर्दिया गाँउपालिका, बर्दिया

मधुवन नगरपालिका, बर्दिया

रैनादेवी छहरा गाउँपालिका, पाल्पा

रामपुर नगरपालिका, पाल्पा

तानसेन नगरपालिका, पाल्पा

रैनादेवी छहरा गाउँपालिका, पाल्पा

गंगादेव गाउँपालिका, रोल्पा

रुन्टीगढी गाउँपालिका, रोल्पा

सिद्धार्थनगर नगरपालिका, रुपन्देही

शुद्धोधन गाउँपालिका, रुपन्देही

कञ्चन गाउँपालिका, रुपन्देही

सितगंगा नगरपालिका, अर्घाखाँची

छत्रदेव गाउँपालिका, अर्घाखाँची

२. माओवादी केन्द्रले प्रमुख जितेका स्थानीय तह

थवाङ गाउँपालिका, रोल्पा

रोल्पा नगरपालिका, रोल्पा

परिवर्तन गाउँपालिका, रोल्पा

सुनिल स्मृति गाउँपालिका, रोल्पा

लुङ्ग्री गाउँपालिका, रोल्पा

माडि गाउँपालिका, रोल्पा

सुनछहारी गाउँपालिका, रोल्पा

चन्द्रकोट गाउँपालिका, गुल्मी

धुर्कोट गाउँपालिका, गुल्मी

रुरुक्षेत्र गाउँपालिका, गुल्मी

मालिका गाउँपालिका, गुल्मी

पुथा उत्तरगंगा गाउँपालिका, रुकुम पूर्व

सिस्ने गाउँपालिका, रुकुम पूर्व

भुमे गाउँपालिका, रुकुम पुर्व

बंगलाचुली गाउँपालिका, दाङ

राप्ती गाउँपालिका, दाङ

गढवा गाउँपालिका, दाङ

प्यूठान नगरपालिका, प्यूठान

माण्डवी गाउँपालिका, प्यूठान

रिब्दीकोट गाउँपालिका, पाल्पा

राजापुर गाउँपालिका बर्दिया

राष्ट्रिय जनमोर्चाले जितेको पालिका

मल्लरानी गाउँपालिका, प्युठान

भुमिकास्थान नगरपालिका, अर्घाखाँची

३. एमालेले प्रमुख जितेका स्थानीय तह

देवदह नगरपालिका, रुपन्देही

ओमसतिया गाउँपालिका, रुपन्देही

पुर्वखोला गाउँपालिका, पाल्पा

तिनाउ गाउँपालिका, पाल्पा

माथागढी गाउँपालिका, पाल्पा

निस्दी गाउँपालिका, पाल्पा

बगनासकाली गाउँपालिका, पाल्पा

छत्रकोट गाउँपालिका, गुल्मी

सत्यवती गाउँपालिका, गुल्मी

मुसिकोट नगरपालिका, गुल्मी

सरुमारानी गाउँपालिका, प्यूठान

नौबहिनी गाउँपालिका, प्युठान

सन्धीखर्क नगरपालिका, अर्घाखाँची

मालारानी गाउँपालिका, अर्घाखाँची

पाणिनी गाउँपालिका, अर्घाखाँची

त्रिवेणी गाउँपालिका, रोल्पा

बासगढी नगरपालिका, बर्दिया

सरावल गाउँपालिका, नवलपरासी पश्चिम

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द