पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>जेठ ६, नेपालगन्ज |</b> नेपाली कांग्रेसले उपमहानगरपालिकामा पनि खाता खोलेको छ । उसले बाँकेको नेपालगन्ज महानगरपालिकामा जितेको हो । प्रशान्त विष्ट मेयरमा निर्वाचित भएका हुन् । <br></p><p>उनी २३ हजार ४६० मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका पशुपति दयाल मिश्रले ११ हजार ६ सय ७५ मत पाए । विष्ट गठबन्धनबाट उम्मेदवार बनेका थिए ।</p><p>उपमेयरमा जनता समाजवादी पार्टीका मरुद्दिन राई १७ हजार ९५० मतसहित निर्वाचित भएका छन् ।</p>

