2026-09-18 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

बेथानचोक अध्यक्षमा भगवान अधिकारी निर्वाचित

जेठ ६, काभ्रे | काभ्रेको बेथानचोक गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार भगवान अधिकारी अत्याधिक मतसहित विजयी भएका छन्। खसेको १० हजार ७३४ मतमध्ये अधिकारीले ६ हजार १९ मत ल्याए । उनका निकटतम् प्रतिस्पर्धी एमालेका कमलप्रसाद तिमल्सिनाले ३ हजार १६० मत ल्याए ।  

पत्रकारितामा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका अधिकारी काभ्रेमा कांग्रेसका आशालाग्दा नेता मानिन्छन् । केही समय प्राध्यापन पेसामा बिताएका अधिकारीले अहिलेसम्म कुनै पनि लाभको पद लिएका थिएनन्।

उनी २०६२/६३ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने विद्यार्थी पुस्ताका नेता हुन् । उनले नेविसंघको पूर्वकेन्द्रीय सदस्य तथा नेविसंघ काभ्रेको पूर्वजिल्ला सभापतिका रूपमा कार्यकाल सम्हालिसकेका छन्।

यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार रहेकी तारा राना तिमल्सिना ४ हजार ४९८ मतसहित विजयी भइन् । एमालेकी सरला केसीले ३ हजार ५७३ मत ल्याएर उपाध्यक्षमा पराजित भइन् । 

१,२, ४ र ६ मा कांग्रेसको प्यानल नै विजयी भयो। त्यसैगरी वडा ५ मा स्वतन्त्र उम्मेदवार राजकुमार वाइवा वडाध्यक्षमा विजयी भए । यस वडामा कांग्रेसका दुई तथा स्वतन्त्रबाट दुईजना सदस्य निर्वाचित भए।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई