दाङमा मोटरसाइकल टिपरमा ठोक्किँदा एक जनाको मृत्यु

साझासवाल

जेठ ६, दाङ | दाङको तुलसीपुर उपमहानगरपालिका–४ हरनेटीमा हिजो बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुुर्घटनामा एक जना घाइते भएका छन् ।

कपुरकोटबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ प ८६७९ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ७ बजे सोही दिशातर्फ जाँदै गरेको रा १ ख ११२३ नम्बरको टिपरलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको रा १ क ५६५ नम्बरको टिपरमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सल्यानको कपुरकोट गाउँपालिका–३ का २० वर्षीय आकाश सेनको राप्ती प्रदेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार दाङको तुलसीपुरका २१ वर्षीय उत्तम केसीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुबै टिपर सहित चालकलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।

Leave a Comment

Leave a Reply