2026-11-01 10:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेको ६ पालिकाको नतिजा सार्वजनिक अधिकांशमा कांग्रेसको वर्चश्व

जेठ ६, नेपालगञ्ज | बाँकेका आठवटा स्थानीय तहमध्ये दुईवटाको मात्र निर्वाचनको नतिजा आउन बाँकी छ । घोषित नतिजाअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी पालिका जितेको छ । एमालेले पालिकाको वडामै चित्त बुझाउनु परेको छ । 

बाँकेको राप्तीसोनारी, खजुरा, डुडुवा, बैजनाथ, जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाको अन्तिम परिणाम घोषणा भइसकेको छ । 

राप्तीसोनारी गाउँपालिकामा कांग्रेसका तप्त पौडेलले १० हजार १४३ मत ल्याई अध्यक्षमा र पूर्णिमासिंह थारुले १० हजार १४३ मत प्राप्त गरी उपाध्यक्षमा विजयी भएका छन् । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पट्टु थारुले नाै हजार २९२ मत प्राप्त गरे भने एमालेका रामदास थारुले नाै हजार १२४ मत प्राप्त गरेका थिए । 

नाैवटा वडा रहेको राप्तीसोनारीमा कांग्रेसले अध्यक्ष–उपाध्यक्ष मात्र जित हासिल गरेको छ भने एमालेले पाँचवडा, माओवादी केन्द्रले तीन र राप्रपाले एउटा वडामा जित निकालेको छ ।  

डुडुवा गाउँपालिकामा कांग्रेसका नरेन्द्र चौधरी र शायदा बानो दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् । अध्यक्ष चौधरीले ६ हजार २७२ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका भण्डारीलाल यादवले पाँच हजार १२५ मत प्राप्त गर्दा एमालेका सरोजकुमारी यादवले तीन हजार ७११ मत प्राप्त गरे ।

उपाध्यक्षमा शायदाले पाँच हजार आठ सय ६४ मतले विजयी हुँदा जसपाका तरन्नुम बानोले चार हजार ७५४ मतले पछ्याएकी थिइन् । एमालेका शकिल खानले चार हजार १५८ मत ल्याउँदै तेस्रो भए । ६ वडा रहेको सो पालिकामा एमाले दुई, जसपाले तीन र कांग्रेसले एउटा वडामा जित हासिल गरेको छ । 

नेपालगञ्ज उपमहानगरमा जसपा-कांग्रेस गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका प्रशान्त विष्टले २३ हजार ४६० मत प्राप्त गरी विजयी बनेका छन् । उनले एमालेका पशुपतिदयाल मिश्रलाई झन्डै दोब्बर मतअन्तरले पछाडि पार्दै जित हासिल गरेका हुन् । मिश्रले ११ हजार ६७५ मत ल्याए । राप्रपाका नन्दलाल वैश्य सात हजार ५९५ मत ल्याई तेस्रो स्थानमा पुगेका हुन् ।

उपमेयरमा गठबन्धनबाटै जसपाका कमरुद्दीन राईले १७ हजार ९५० मत ल्याएर विजयी हुँदा एमालेकी शान्तिदेवी ढकालले १० हजार ९१५ मत ल्याएर दोस्रो र राप्रपाकी बिन्दु चर्तीमगरले १० हजार १३५ मत प्राप्त गरेकी थिइन् । २३ वडा रहेको नेपालगञ्जमा उपमेयरसहित ६ वडा जितेर पहिलो पार्टी, मेयरसहित पाँच वडा जितेर कांग्रेस दोस्रो, पाँच वडा जितेर एमाले तेस्रो, चार वडा जितेर माओवादी केन्द्र चौथो र तीन वडामा जित निकालेर राप्रपा पाँचौ स्थानमा पुगेको छ । 

बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार डम्बर बिक तुफान अध्यक्षमा विजयी भएका छन् । उनले १० हजार ७९० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुमन मल्लले नाै हजार १३७ मत प्राप्त गरे ।

गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसकी उपाध्यक्ष मञ्जु मल्लले १० हजार ३४ मत प्राप्त गरी विजयी हासिल गरिन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी तजरुन निशाले आठ हजार ९१ मत प्राप्त गरेकी थिइन् । आठ वडा रहेको खजुरामा माओवादी केन्द्रले चार, काँग्रेस तीन र एमालेले एउटा वडा मात्र जितेको छ । 

जानकी गाउँपालिकामा कांग्रेसका छब्बन खाँ ६ हजार ६५३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रातिद्वन्द्वी एमालेका हिमान्शु यादवले चार हजार ७९५मत ल्याए । उपाध्यक्षमा कांग्रेसकै रामप्यारी यादवले ६ हजार ६०९ मत ल्याउँदै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी भूमिसरा धितालले तीन हजार ४५६ मत प्राप्त गरिन् । धिताल निवर्तमान उपाध्यक्ष हुन् । ६ वडा रहेको सो पालिकामा माओवादी केन्द्रले एक, जसपाले दुई, कांग्रेसले तीन वडामा जित हासिल गरेको छ ।  

यसैगरी बाँकेको बैजनाथ गाउँपालिकामा कांग्रेसका प्रकाश शाहले १२ हजार १८० मत प्राप्त गरेर विजयी भएका छन् । उनका उनका निकटतम प्रतिद्वन्द्वी एमालेका घननाथ खनालले १० हजार ३८२ मत प्राप्त गरे भने माओवादी केन्द्रका दिपेन्द्र शाहले पाँच हजार २१४ मत प्राप्त गरी तेस्रो भए ।

बैजनाथ गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका निर्मला रोकाय १२ हजार १ ५२ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रातिद्वन्द्वी एमालेकी प्रेमपूर्णा योगीले १० हजार ७३३ मत प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द