जेठ ६, धनगढी | सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता फराकिलो बनाउँदै लगेका छन्। हमालले गठबन्धनका उम्मेदवारलाई दोब्बरभन्दा बढी मतले पछि पारेका छन्।

शुक्रबार दिउँसोसम्म ४३ हजार एक सय २३ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार हमाल १९ हजार ६ सय २१ मतसहित अग्र स्थानमा छन्। गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले नौ हजार सात सय ११ मत पाएका छन्। उनीहरूबीचको मतान्तर नौ हजार नाै सय १० छ। मेयरमा नेकपा एमालेका उम्मेदवार तेस्रो स्थानमा छन्। एमालेका रणबहादुर चन्दले चार हजार सात सय ३४ मत पाएका छन्।

गठबन्धनबाट उपमेयरका उम्मेदवार माओवादीकी शान्ति अधिकारीले आठ हजार नाै सय ५९ मतसहित अग्रता कायम राखेकी छिन्। उपमेयरमा एमालेकी कन्दकला रानाले आठ हजार दुई सय ८७ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले पाँच हजार दुई सय ६४ मत पाएका छन्। धनगढीमा ६३ हजार सात सय १५ मत खसेको छ।

May 20, 2022
कैलाली - KLL, राजनीति
धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार हमाललाई नौ हजार नौ सय मतान्तरको अग्रता
By साझासवाल
2 मिनेट पढाइ