सिन्धुपाल्चोकको सबै तहको परिणाम आयाे, कसले कहाँ जिते?

साझासवाल
4 Min Read

जेठ ६, सिन्धुपाल्चोक | १२ स्थानीय तह र १०३ वडा रहेको सिन्धुपाल्चोकमा स्थानीय निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

कांग्रेसले बाह्रविसे नगरपालिका, मेलम्ची नगरपालिका, भोटेकोसी गाउँपालिका, हेलम्बु गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिका जितेको छ । माओवादी केन्द्रले चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका, लिसंखुपाखर गाउँपालिका र जुगल गाउँपालिका जितेको छ । एमालेले इन्द्रावती गाउँपालिका, सुनकोसी गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिका जितेको छ  ।

जिल्लाका १०३ वडामध्ये कांग्रेसले ५३, एमालेले ३६, माओवादीले ११, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र उम्मेदवारले एक-एक वडा जितेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा हेलम्बु गाउँपालिका अध्यक्षमा पुरानै अनुहार दोहोरिएका छन् ।

चौतारा साँगाचोकगढी  प्रमुखमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा ११ हजार ७२ मत ल्याएर निर्वाचित भए । उपप्रमुखमा एकीकृत समाजवादीकी सीता थापा नाै हजार ७२६ मत ल्याएर निर्वाचित भएकी छन् । नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल भएको थियो ।

बाह्रविसे  प्रमुखमा कांग्रेसका बालकृष्ण बस्नेत सात हजार ७२८ मत ल्याएर निर्वाचित भए । उपप्रमुखमा नेपाली कांग्रेसकै मञ्जु तामाङ ६ हजार ९७७ मत ल्याएर निर्वाचित भइन् ।

मेलम्ची  प्रमुखमा कांग्रेसका  आइतमान तामाङ ११ हजार २५८ मत ल्याएर निर्वाचित भएका छन् । उपप्रमुखमा एमालेकी उमा प्रधानले १० हजार १६४ मत ल्याएर विजयी हासिल गरिन् । नगरपालिकामा कांग्रेस र राप्रपाबीच गठबन्धन भएको थियो ।

जुगल गाउँपालिका  अध्यक्षमा  माओवादी केन्द्रका  रेशम स्याङ्बो पाँच हजार ५०३ मत प्राप्त गरी विजयी हासिल गरेका छन् । उपाध्यक्षमा कांग्रेसका हिमालकुमार श्रेष्ठ चार हजार ६८९ मत ल्याएर विजयी भए । पालिकामा माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएको थियो ।

त्रिपुरासुन्दरी  अध्यक्षमा कांग्रेसका भक्तध्वज बोहरा चार हजार २२९ मत ल्याए भने उपाध्यक्षमा कांग्रेसकै गीताकुमारी नेपाल चार हजार १५६ मत ल्याएर विजयी भइन् ।

पाँचपोखरी थाङपाल मा माओवादी र कांग्रेस गठबन्धनलाई हराउँदै अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएकाे छ । अध्यक्षमा टासी लामा पाँच हजार ६०८ र एमालेकै सुनिता अधिकारीले पाँच हजार ७२२ मत ल्याएर निर्वाचित भएकी छन् । यहाँ अध्यक्ष/उपाध्यक्षमा पुरानै अनुहार दोहोरिएका छन् ।

बलेफी  अध्यक्षमा माओवादी केन्द्रका गंगाबहादुर तामाङले चार हजार ६६६ मत प्राप्त गरे भने उपाध्यक्षमा कांग्रेसकी सरु लामा तामाङ चार हजार ३९४ मत ल्याएर निर्वाचित भएका छन्  । यहाँ माओवादी केन्द्र र समाजवादीबीच  तालमेल भएको थियो ।

भोटेकोसी  अध्यक्षमा कांग्रेसका पासाङ नुर्पु शेर्पाले दुई हजार ६०५ मत ल्याए भने उपाध्यक्ष कांग्रेसकै दिछेन शेर्पा दुई हजार ७१२ मत ल्याई निर्वाचित भएका छन् ।

इन्द्रावती  अध्यक्षमा एमालेका झम्कनाथ नेपाल सात हजार १२७ मत ल्याएर विजयी भए । उपाध्यक्षमा एमालेकै शोभना तामाङ ६ हजार ५१३ मत ल्याई निर्वाचित भइन् ।

लिसंखुपाखर अध्यक्षमा माओवादी केन्द्रका राजु लामा तामाङ तीन हजार ९२५ मत ल्याएर निर्वाचित भए । उपाध्यक्षमा एमालेकी मिठू देवी लामाले ३२ सय ५१ मत ल्याइन् ।

सुनकोसी अध्यक्षमा एमालेका टपिन्द्रप्रसाद तिमल्सिनाले ५९ सय ३२ मत ल्याए । उपाध्यक्षमा कांग्रेसकी कान्छी लामा पाँच हजार ९०५ मत ल्याई विजयी भइन् । पालिकामा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो ।

हेलम्बु  अध्यक्षमा  कांग्रेसका निमा ग्याजेन शेर्पाले ५३ सय ८६ मत ल्याई विजयी हासिल । उपाध्यक्षमा कांग्रेसकै अप्सरा लम्साल लामिछानेले ५२ सय १४ ल्याई विजयी भइन् । यहाँ अध्यक्षमा पुरानै अनुहार दोहोरिएको हो ।

उपप्रमुख पदमा सिन्धुपाल्चोकमा एक अनुहार दोहोरिएको छ भने अरु नयाँ निर्वाचित भएका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकामा सुनिता अधिकारीलाई जनताले फेरि उपाध्यक्षमा चुनेका छन् । बाह्रविसेमा सुशीला पाख्रिनलाई उपप्रमुखक लागि फेरि एमालेले दोहोर्‍याए पनि उनी  पराजित हुनुपर्‍याे ।

लिसंखु प्रमुख माओवादीले जित्दा उपप्रमुख भने एमालेबाट मिठुदेवी लामा निर्वाचित भइन् । सुनकोसीमा एमालेका टपेन्द्र तिमल्सिनाले अध्यक्ष पद जित्दा उपाध्यक्षमा कांग्रेसकी कान्छी लामाले जितिन् । बलेफीमा माओवादीले अध्यक्ष आफ्नो पोल्टामा पाउँदा उपप्रमुखमा कांग्रेसकी सरु लामा तामाङ निर्वाचित भइन् । मेलम्चीमा कांग्रेसका आइतमान तामाङ प्रमुख पदमा विजयी हुँदा उमा प्रधान एमालेबाट निर्वाचित भइन्  ।

Leave a Comment

Leave a Reply