2026-06-20 01:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको विजय जुलुसमाथि ‘एमाले’को आक्रमण, ६ जना घाइते

जेठ ६, वीरगञ्ज | वीरगञ्ज-२७ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएपछि निकालिएको जुलुसमा आक्रमण गरेको आरोपमा वडाध्यक्षका निकटतम प्रतिस्पर्धीसहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वडाध्यक्षका निकटतम प्रतिस्पर्धी एमालेका प्रदीपकुमार यादव, ३३ वर्षीय नुरमहमद र ३५ वर्षीय शर्माप्रसाद कुशवाहा छन्। 

वीरगञ्ज-२७ को वडाध्यक्षमा १ हजार ५१६ मतसहित कांग्रेसका हृदयनारायणप्रसाद कुर्मी निर्वाचित भएका थिए। उनका निकटतम प्रतिस्पर्धी एमालेका यादवले एक हजार ११६ मत पाए। ०७४ को निर्वाचनमा यादव वडाध्यक्ष बनेका थिए। आफूलाई भोट नहाल्नेहरू कांग्रेसको र्‍यालीमा गएको भन्दै उनले आफैँ उपस्थित भएर आक्रमण गर्न निर्देशन दिएको कांग्रेसको आरोप छ।

वडाध्यक्षमा पराजित उमेदवार यादवको प्रत्यक्ष संलग्न रहेको आरोप लगाइएपछि सोधपुछका लागि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। 

आक्रमणमा परी ६ जना घाइते भएका छन्। घाइते हुनेमा नेमा रेशा, मुन्नी खातुन, मलिक नुनिया, मोहमद नुराइन, मोहमद मियाँ र जाहिर हवारी छन्। उनीहरू अधिकांशको टाउकोमा चोट लागेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मियाँ र आयसा खातुनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ। बाँकी चार जना डिस्चार्ज भएका छन्।

कांग्रेसले जितेपछि एमालेले देखायो कहिँ नभएको जात्रा, विजयजुलुसमा ६ जना घाइते

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ