Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

धनगढी मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित पक्का

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ ७, कैलाली | धनगढी उपमहानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित पक्का भएको छ। ७ हजार मात्र मत गणना बाँकी रहेको र हमालले ११ हजार ७ सय ५८ को अग्रता बनाइसकेकाले उनको जित सुनिश्चित भएको हो।

धनगढीमा ६३ हजार ७ सय १५ मत खसेको थियो | हालसम्म ५६ हजार २ सय २६ मत गणना भएको छ। ७ हजार ४ सय ८९ मत गन्न बाँकी छ। अहिलेसम्मको परिणामअनुसार गोपाल हमालले २४ हजार ५ सय २९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नृपबहादुर वडले १२ हजार ७ सय ७१ मत मात्र ल्याएका छन्। त्यस्तै नेकपा एमालेका रणबहादुर चन्दले ७ हजार ३ सय ८६ मत प्राप्त गरेका छन्।