जेठ ८, दाङ | दाङको तुलसीपुर उपमहानगरपालिकाको ३७ हजार ८५२ मत गन्दा मेयर पदका एमाले उम्मेदवार टीकाराम खड्काले अग्रता लिइरहेका छन् । उनले १५ हजार ९ सय १७ मत ल्याएर अग्रता लिइरहेका हुन् ।

टीकाराम खड्कालाई १४ हजार ९ सय ५५ मत ल्याएर कांग्रेसका गेहेन्द्र गिरीले पछ्याइरहेका छन् ।

यस्तै उपमेयरमा एमालेकी स्यानी चौधरीले १५ हजार ६८ मत ल्याएर अग्रता लिँदा नेकपा एकीकृत समाजवादीका जोगबहादुर राणाले ११ हजार ७४ मत ल्याएर पछ्याइरहेका छन् ।

तुलसीपुर उपमहानगर अपडेट : कसले कति मत ल्याए ?
Leave a Comment