पढ्न करिब 1 मिनेट लाग्छ

जेठ ८, जनकपुरधाम | जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज साहले १० हजार मत कटाएका छन्।

उपमहानगरपालिकामा रहेको २५ वडामध्ये २० वटा वडाको मतगणना सम्पन्न भएपछि नेपाली कांग्रेसबाट बागी भएर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका मनोजले १० हजार १२५ मत पाएका छन्।

यस्तै, नेकपा एमालेका शिवशंकर साहले ८ हजार ३६२ मत ल्याए।

सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीबाट मेयरमा उम्मेदवारी दिएका लालकिशोर साहले ४ हजार ४३ मतसहित तेस्रो स्थानमा कायम रहेका छन्। लालकिशोर निवर्तमान मेयर हुन्।

लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरी ३ हजार ९९२ मत सहित चौथो स्थानमा रहेका छन् भने स्वतन्त्र उम्मेदवार बलराम महतो ३ हजार १४६ मत सहित पाँचौ स्थानमा रहेका छन्।

यस्तै उपमेयरतर्फ गठबन्धनको तर्फबाट कांग्रेसबाट उम्मेदवारी दिएका किशोरी साह ११ हजार ६१६ मत पाएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रुना झाले ९ हजार ४७८ मत सहित दोस्रो स्थानमा रहेकी छन्।

यस्तै, निवर्तमान उपमेयर लोसपाकी रिताकुमारी मिश्र ४ हजार १२० मतसहित तेस्रो स्थानमा रहेकी छन्।