जेठ ८, सप्तरी | सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का विद्यान्नद चौधरी र उपाध्यक्षमा माओवादी केन्द्रकी राजुदेवी यादव विजयी भएका छन्।

२६ वर्षीय चौधरी ११ सय २९ मतअन्तरले विजयी भएका हुन् । उनी जिल्लाकै कान्छो पालिका प्रमुख भएका छन्। उनले दुई हजार ८९५ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी नेपालको सत्यनारायण यादवले १७ सय ६६ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा विजयी माओवादी केन्द्रकी राजुदेवी यादवले २४ सय ७२ मत प्राप्त गरी विजयी भएकी छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी प्रमिलादेवी साहले १५ सय ९५ मत प्राप्त गरिन्।

शनिबार अबेर राति सातवटै वडाको मतगणा सकिएको निर्वाचन अधिकृत सूर्यराज घिमिरेले जानकारी दिए। कुल १७ हजार ७५७ मतदाता रहेको छिन्नमस्ता गाउँपालिकामा १३ हजार ७४४ मत खसेको थियो ।

छिन्नमस्ताको वडा नम्वर १ मा वडाध्यक्षसहित माओवादी केन्द्रका ललनप्रसाद यादवकाे प्यानल, वडा नम्वर २ मा जनमत पार्टीका सिकेन्दर साह, वडा नम्बर ३ मा जसपाका विजय यादव, वडा नम्बर ४ मा एकीकृत समाजवादीका सूर्यनरायण यादव (गयान्दन), वडा नम्बर ५ मा एमालेका जयप्रकाश ठाकुर, वडा नम्वर ६ मा माओवादी केन्द्रका कपलेश्वर साह र वडा नम्वर ७ मा एमालेका अच्छेलाल यादव निर्वाचित भएका छन् ।

Related News