पढ्न करिब 1 मिनेट लाग्छ

जेठ १०, पोखरा | एमालेले पोखरा महानगरपालिका–१८ र ३१ मा पुनः मत गणना गर्न माग गरेको छ।

वडा १८ मा ९ र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मतगणनाको माग राखेको हो।

त्यसका लागि मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिइएको एमाले पोखरा महानगर कमिटीले जनाएको छ।

वडा ३१ को नतिजा सोमबार आए पनि वडा १८ को नतिजा भने आज (मंगलबार) अएको थियो। ती दुवै वडामा एमाले पराजित भएको थियो।

वडा ३१ र वडा १८ कांग्रेसका क्रमशः ढकनाथ कँडेल र शिवप्रसाद तिमिल्सिनाले जित हात पारेका थिए।