पढ्न करिब 2 मिनेट लाग्छ

जेठ १०, पाेखरा | एमालेकाे गढ मानिएका पाेखरा महानगरका वडाहरूमा गणना चलिरहेकाे थियाे । १५, १६, १७, २१ र ३३ लगायत वडाहरूमा करिब दाेब्बर मतले यसअघि एमालेले जितेका थिए । ती वडामा आइपुग्नुअघि केही मतले मात्र गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार धनराज आचार्यले अग्रता लिएका थिए । सबैकाे ध्यान यिनै वडाहरुमा थिए, कि यहाँबाट एमालेले लिड गरे चुनाव जे पनि हुन सक्छ । यस्तै अन्याेलका बीच गठबन्धनका मेयर उम्मेद्वार धनराज आचार्य आइतबार काठमाडाैं गए । पाेखराका प्रमुख याेजनाहरू संघ सरकारलाई बुझाए ।

विशेषगरी ल्याण्डफिल साइट स्थानान्तरण गर्न उनकाे माग छ । निर्माणाधीन पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न ल्याण्डफिल हटाउनुपर्ने पहिलाे सर्त छ । अघिल्लाे जनप्रतिनिधिले ५ वर्षे कार्यकालमा गर्न नसकेकेा ल्याण्डफिल सार्ने याेजनामा अहिले गठबन्धन उम्मेद्वारले पहिलाे चासाे दिए ।

त्यहाँबाट ल्याण्डफिल सारेर आवश्यक बजेट मागेकाे एकीकृत समाजवादीका आचार्यले बताए । `पाेखराकाे प्रमुख चिन्ता ल्याण्डफिल हाे । याे सार्नुपर्छ,´ उनले भने, `अहिले संघ सरकारले बजेट बनाउँदै छ। यही वर्ष बजेट नहाले ढिलाे हुन्छ । त्यसैले अर्थमन्त्रीसँग आग्रह गरेर आएकाे छु ।´

उनले पाेखरालाई पर्यटकीय राजधानी घाेषणाकाे माग राखेर आएका छन् । `पाेखरा पर्यटनकाे राजधानी हाे । माैखिक रुपमा सबैले भनेका छन्, तर आधिकारिक घाेषणा किन नगर्ने ?´ उनी भन्छन्, `यसपालि नीति तथा कार्यक्रममा याे एजेण्डा राख्नुपर्छ भनेकाे छु । सायद सम्बाेधन हुन्छ ।´

पाेखरामा मतगणना जारी छ । अब तीन हजार मत गन्न बाँकी छ । चुनाव जित्ने पक्का भएकै कारण आफू काठमाडाैं पुगेर बजेट छुट्याउन आग्रह गरेकाे उनले बताए । आचार्यले अहिले चुनाव जितिसकेका छन् । गणना गर्न बाँकी मतभन्दा उनकाे अग्रता बढी भएपछि चुनाव जितेका हुन् ।