<p><b>जेठ दाङ |</b> दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा गठबन्धनलाई पछि पार्दै नेकपा एमालेको प्यानलले विजयी भएको छ । गठबन्धनको तर्फबाट नेकपा एसका केशर बहादुर पुनको प्यानलाई हराउँदै नेकपा एमालेका प्रेमनाथ योगीको प्यानल विजयी भएको हो । <br></p><p>पुनलाई ३८९ मतान्तरले पछि पार्दै नेकपा एमालेका योगी विजयी भएका हुन । योगीले १ हजार ५ सय ६ मत प्राप्त गर्नुभएको छ भने नेकपा एसका पुनले १ हजार १ सय १७ मत प्राप्त गरे । २०७४ सालको निर्वाचनमा प्रेमनाथका बुवा राम बहादुर योगी वडा अध्यक्षमा निर्वाचित भएका थिए । </p><p>रामबहादुर उमेरले नसक्ने भएपछि एमालेले छोरा प्रेमलाई टिकट दिएर बाबुको विरासत छोराको जिम्मामा लगाएको हो । </p>
बुवाको विरासत छोरालाई
Leave a Comment

