रौतहटमा कांग्रेस बन्यो ठूलो दल

साझासवाल

जेठ १२, रौतहट | स्थानीय तह निर्वाचनको मतपरिणाममा रौतहटमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । स्थानीय तह निर्वाचनमा कांग्रेसले सात, नेकपा एकीकृत समाजवादीले चार, एमालेले तीन, लोसपाले दुई, जसपाले एक र माओवादी केन्द्रले एक पालिकामा जित हात पारेको हो ।

नेपाली कांग्रेससँग अहिले १४ जना पालिका प्रमुख र उपप्रमुख छन् । रौतहटमा का‌ंग्रेसले सात पालिकामा जित हात पारेको हो । कांग्रेसले फतुवा विजयपुर नगरपालिका, राजपुर नगरपालिका, कटहरिया नगरपालिका, गढीमाई नगरपालिका, चन्द्रपुर नगरपालिका, परोहा नगरपालिका र माधव नारायण नगरपालिकामा जित हात पार्दै जिल्लाको ठूलाे दल हुन सफल भएको छ । का‌ंग्रेससग सात प्रमुख र सात उपप्रमुख गरी १४  सहित ठूलो दल बनेको हो ।

यस्तै, एकीकृत समाजवादीले चार पालिकामा जित हासिल गर्दै दोस्रो ठूलो दल बनेको छ । एकीकृत समाजवादीले वृन्दावन नगरपालिका, गौर नगरपालिका, बौधीमाई नगरपालिका र राजदेवी नगरपालिकामा विजयी भएको छ ।

एमालेले  देवाही गोनाही नगरपालिका, गरुडा नगरपालिका र मौलापुर नगरपालिकामा जित हात तेस्रो ठूलो दल बनेको छ ।  २०७४ को निर्वाचनमा रौतहटबाट क्लिन स्विप भएको एमालेले यो पटक तीन पालिकामा जित हात पार्दै तेस्रो ठूलो दल बन्न सफल भएको हो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ईशनाथ नगरपालिका र यमुनामाई गाउँपालिकामा जित हासिल गर्दै चौथो स्थानमा छ । गुजरा नगरपालिकामा जनता समाजवादी पार्टी नेपालले र दुर्गा भगवती गाउँपालिकामा माओवादी केन्द्रले जित हात पार्दै दुबै पाँचौं स्थानमा छन् ।

२०७४ को निर्वाचनमा तीन पालिकामा जित हासिल गरेको माओवादी केन्द्रले रौतहटमा यो पटक हालसम्ममा एयटा पालिकामा जित हासिल गरेको हो ।

Leave a Comment

Leave a Reply