२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

सिम्रौनगढमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिद्वारा शपथग्रहण बहिष्कार

२०७९, १२ जेष्ठ बिहीबार १३:२५

जेठ १२, बारा | बाराको सिम्रौनगढ नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले नगर प्रमुख किशोरीप्रसाद साहले गराएको शपथग्रहण बहिष्कार गरेका छन् । 

कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष र सदस्यहरूले लोकतान्त्रिक समाजवादी पार्टीबाट नगर प्रमुखमा निर्वाचित भएका साहले गराएको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम बहिष्कार गरेका हुन् । सिम्रौनगढ नगरपालिकाको सभा हलमा आयोजित नवनिर्वाचित जनप्रतिनिधिको प्रमाणपत्र  वितरण तथा शपथग्रहण  कार्यक्रममा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नगर प्रमुख  साहबाट शपथ नलिने अडान लिएका थिए । 

प्रमुख निर्वाचन अधिकृत मनोजकुमार गुप्ताले वडा अध्यक्ष र सदस्यहरूले नगरप्रमुखबाट नै शपथ ग्रहण गर्ने कानुनी व्यवस्था रहेको जानकारी  गराउँदा पनि उनीहरूले शपथ लिन इन्कार गरेका थिए । 

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले बहिष्कार गरेपछि नगर प्रमुख साहले अन्य दलबाट निर्वाचित जनप्रतिनिधिहरूलाई मात्रै राखेर शपथ गराएका थियो । 

शपथ ग्रहण नगर्ने जनप्रतिनिधिहरूले पदभार पनि ग्रहण गर्न नसक्ने भन्दै नगर प्रमुख साहले निर्वाचन अधिकृत गुप्तालाई लिखित जानकारी गराएका थिए ।  

शपथग्रहणपछि नगर प्रमुख साहले पदभार पनि ग्रहण गरेका छन् । पदभार ग्रहण कार्यक्रममा नगर प्रमुख साहले किसानलाई वितरण गरिएको कृषि मिटरको रकम  नगरपालिकाले चुक्ता गर्ने र नगरभित्रका ३२ वटा सामुदायिक  विद्यालयमा कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यमको पठनपाठन सञ्चालन गर्न निर्णय गरेका छन् । 

११ वटा वडा रहेको सिम्रौनगढमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा ८, लोसपाबाट ३ र नेकपा एकीकृत समाजवादीबाट १ जना वडा अध्यक्षमा निर्वाचित भएका छन् । नगरपालिकाको उपमेयरमा पनि लोसपा विजयी भएको छ । 

यसैबीच हिजो शपथग्रहण बहिष्कार गरेका कांग्रेसका वडा अध्यक्षहरूले नगरपालिका कार्यालयमा पुनः शपथग्रहणको माग गर्दै आज धर्ना दिइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह