स्थानिय निर्वाचनमा महिला जनप्रतिनिधि बृदि

साझासवाल
2 Min Read

जेठ १४, हुम्ला | २०७४ सालभन्दा यस पटकको स्थानीय तह निर्वाचनमा सात वटा गाउँपालिकामा महिला जनप्रतिनिधिको संख्यामा बृद्धि भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा हुम्लाका सात गाउँपालिका र ४४ वडामा  ८४ जना महिला निर्वाचित भएकाेमा  २०७९ सालको स्थानिय निर्वाचनमा  जिल्लामा ९६ जना महिला जनप्रतिनिधि निर्वाचित भएका छन् ।

महिला जनप्रतिनिधिहरु उपाध्यक्ष २ जना, वडा अध्यक्ष १ जना,  दलित महिला सदस्य ३६ जना,  महिला सदस्या ४४ जना र १३ जना खुला सदस्या गरी जम्मा  ९६ महिला निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे हो ।

निर्वाचित महिला सदस्यहरु मध्ये ८० जना  महिला सदस्य र दलित महिला सदस्यमा निर्वाचित भएका छन । यस्तै, १३ जना  दुई खुला निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले बताए ।

नाँम्खामा ६ जना आरक्षण कोटा र एक जना खुल्ला सदस्यमा  निर्वाचित भए पनि दलित महिला सदस्याको हकमा शून्य देखिएकाे छ । सिमकोटमा ८ जना आरक्षण महिला सदस्य,  ८ जना आरक्षण दलित महिला सदस्य र ८ जना खुल्ला सदस्यमा महिला जनप्रतिनिधि निर्वाचित भएको जिल्ला निर्वाचन  कार्यलयको स्रोतले जानकारी दिएको छ ।

हुम्लाको मध्य भेगमा रहेको  खार्पुनाथ गाउपालिकामा वडा नं ४ मा वडाध्यक्ष सर्वसहमतिमा निर्वाचित भएकी छिन भने ५ जना आरक्षण महिला सदस्य, ५ जना आरक्षण दलित महिला सदस्य, एक जना खुल्लामा निर्वाचित भएका छन ।

जिल्लाकै तल्लाे भेगका पालिकाहरु सर्केगार्डमा ८ जना आरक्षण महिला सदस्य,  ८ जना आरक्षण दलित महिला सदस्य र दुुई जना खुल्ला सदस्यामा निर्वाचित भएको जिल्ला निर्वाचन कार्यलयमा सूचना अधिकृत श्याम बहादुर रानाले बताएका छन ।

यसौगरी जिल्लाको चङ्खेलीमा १० जना आरक्षण र एक जना खुल्ला, अदानचुलीमा १२ जना आरक्षण र ताँजाकोट गाउँपालिकामा दश जना आरक्षण कोटाबाट मात्र निर्वाचित भएका छन्।

स्थानीय तहको निर्वाचनमा महिलाका लागि आरक्षणको कोटा नभएको भए यो संख्या अझै कम हुने हुम्लाकी महिला अधिकारकर्मी गंगा बाहराले बताइन्  । विगतमाभन्दा अहिले निर्वाचित हुने महिलाको संख्या बढे पनि दलहरूले महिलाहरुलाई अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र खुल्ला सदस्यमा खासै स्थान दिन नसकेको पाईएको छ ।

Leave a Comment

Leave a Reply