रुकुम पश्चिमको जिसस प्रमुखमा निर्विरोध

साझासवाल

जेठ २८, सुर्खेत | ६ पालिका रहेको रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्रका) ले चार ठाउँमा जितेको छ । दुई ठाउँमा कांग्रेसले जित हात पारेको छ । बहुमत जितेको माओवादी जिल्ला समन्वय समितिमासमेत एकलौटी गरेको छ । प्रमुखमा लुम्बिनी गौतमसहित माओवादी केन्द्रको सिंगो प्यानल निर्विरोध निर्वाचित भएको छ । जिसस प्रमुखमा निर्वाचित गौतम अर्थमन्त्री जनार्दन शर्माकी बहिनी हुन् ।

उनी माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्ष विमला केसीकी नन्द हुन् भने उनका श्रीमान गोरखबहादुर केसी आठबिसकोट नगरपालिकाका निवर्तमान नगरप्रमुख हुन् ।

माओवादी केन्द्रको एकल जिल्ला समन्वय समिति बन्ने रुकुममा माओवादीका प्रभावशाली नेताहरुले नै आफन्तलाई प्रमुखको टिकट दिलाउँदै निर्विरोध चयन गर्न भूमिका खेलेका हुन । अन्य दलले जिससमा उम्मेदवारी नदिएका कारण उनीहरु निविरोध निर्बाचित भएका हुन् तर घोषणा हुन भने बाँकी रहेको छ । चुनाव ३१ गते तोकिएको छ ।

माओवादी केन्द्रले उपप्रमुखमा देववहादुर कामीलाई उम्मेदवार बनाएको छ । खुला सदस्य तर्फ देउभान ओली, कृष्णबहादुर ऐरी र रामकुमार गौतम, महिला सदस्यमा गीताकुमारी केसी, शारदा दमाई र गीता नेपाली तथा दलित तथा अल्पसंख्यकबाट मीना बिकको उम्मेदवारी रहेको छ ।

Leave a Comment

Leave a Reply