2026-11-02 01:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

भरतपुरको काम हेर्न पोखराका मेयर सहितको टोली चितवनमा, पर्यटनमा सहकार्य गरिने

असार ६, पोखरा | पोखराका मेयर धनराज आचार्य र भरतपुरकी मेयर रेणु दाहालबीच भेटवार्ता भएको छ । भरतपुर महानगरपालिकाले गरेका कामबारे जानकारी लिन आचार्यको टोली भरतपुर पुगेको थियो । दुई नगरबीच सहकार्यका लागि यसअघि नै भगिनी सम्बन्ध कायम भएको छ ।

भेटका क्रममा दुई नगरबीचको असल अभ्यासबारे छलफल भएको पोखराका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले जानकारी दिए । दुवै नगरले पर्यटन प्रवर्द्धन र अन्य विकासका काममा सहकार्य गर्ने विषयमा छलफल गरेका थिए ।

पोखरा महानगरपालिकाका प्रमुख आचार्यले दुई नगरबीचको सहकार्यलाई अझै प्रगाढ र निरन्तर बनाउनुपर्ने बताए । ‘भगिनी सम्बन्ध गाँसिएको छ । यसलाई औपचारिकतामा मात्रै राख्नु हुन्न,’ उनले भने, ‘एकआपसका असल अभ्यास शेयरिङ गर्नुपर्छ । पर्यटनमा सहकार्य हुनुपर्छ ।’ दुवै नगरले आफ्नो क्षेत्रमा आएका पर्यटकलाई अर्को सहरमा पठाउने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द