2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गण्डकी सरकारलाई पूर्व अर्थमन्त्रीको प्रश्न- दौरा सुरुवाल लगाउन र झण्डा हल्लाउन मात्रै सरकारमा जानु भ

असार २०, पोखरा | गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले मन्त्रीहरू दौरा सुरुवाल लगाउन र झण्डा हल्लाउनका लागि मात्रै सरकारमा गएको आरोप लगाएका छन् । बजेटमाथि समयमा छलफल अगाडि बढाउन नसकेको भन्दै उनले सरकारले आफ्नो हैसियत बिर्सिएको बताए । प्रस्तुत छ गुरुङले साेमबार संसदमा प्रस्तुत गरेको वक्तव्य :-


बजेटमाथि छलफल कहिले हुन्छ भनेर हामी कुरिरह्यौं । सरकार कहाँ छ ? के छ ? मलाई थाहा छैन । बजेटमा मैले प्रतिपक्षीको हिसाबले प्रतिक्रिया दिन सकिनँ । पाँच दिनपछि बैठक राख्न सहमति दिएका थियौं । २० दिन सरकार भूमिगत भयो । माओवादीलाई थाहा छ, भूमिगत किन हुन्छ ? कांग्रेसको नीति भूमिगत हुने थिएन । हामीले खोजिरह्यौं । संचार माध्यममा धेरै कुराहरू आएका छन् । सार्वभौम संसदलाई बन्दी बनाइयो । सभामुख सरकारको बन्दी हुनुभयो । २० दिनपछि हामी छलफलमा छौं।

अर्थमन्त्री ज्यू तपाईं अर्थमन्त्री कि अनर्थमन्त्री ? २० दिनसम्म संसदलाई बन्दी बनाउन पाइन्छ ? मुख्यमन्त्री ज्यू, २० दिनसम्म भूमिगत हुँदा बर्खायाम छ, कहिँ खिया त लागेको छैन ? अहिलेको मुख्य प्रश्न मुख्यमन्त्री ज्यूलाई मुख्यमन्त्री हुँ भन्ने विश्वास छ की छैन ? मिडियाले लेखेको छ । तपाईं निरिह हुनुभएको छ । के यस्तै हो ? साँच्चै हो ? कि के हो ? मलाई लाग्छ, यो सार्वभौम संसदले जवाफ पाउनुपर्छ । के का स्वार्थका निम्ति २० दिनसम्म संसद रोक्नुभयो ? जिम्मेवार हुनुहुन्छ कि हुनुहुन्न ? संविधानप्रति आस्था राख्नुहुन्छ की राख्नुहुन्न ? प्रदेशसभाप्रति विश्वास छ की छैन ? सरकारप्रति विश्वास छ की छैन ? दौरा सुरुवाल लगाउन र झण्डा हल्लाउनका निम्ति मात्रै सरकारमा जानुभएको हो ? की प्रदेशलाई समृद्ध बनाउँछु भनेर सरकारमा जानू भएको होइन ?

माओवादीका मित्रहरूलाई अनुरोध गर्न चाहान्छु, हिजो तत्कालिन प्रधानमन्त्री केपी  शर्मा ओलीको रिसले यो गठबन्धन बनाउनुभयो । साँच्चिकै कांग्रेसलाई बोक्न सजिलो रहेछ की अप्ठयारो  ? कांग्रेसलाई बोक्न निकै अप्ठयारो छ । न सिद्धान्त छ न विचार छ । न लक्ष्य र उद्देश्य मिल्छ । झण्डै भिरमा लगेर तपाईंहरूले गुल्ट्याउनु भएन । गुल्ट्याउने साहस पनि तपाईंहरूसँग छैन ।

माननीय मुख्यमन्त्री ज्यूलाई प्रश्न गर्न चाहान्छु, साँच्चिकै माओवादीसँग मिलेर सजिलो रहेछ ? यसरी नै सरकार चल्छ ? सबैले खोजिदिनुपर्ने सरकार कहाँ छ भनेर ? मिडियालाई पनि प्रतिपक्षीले जवाफ दिनुपर्ने । अनि तपाईंहरू के गरेर बस्नुभएको छ ? दौरा सुरुवाल लगाएर बस्नु भएको छ वा के गर्नुभएको छ ? यो गम्भीर प्रश्न हो । तपाईंहरूलाई विश्वास भएन । हुन त सरकारमा पुग्छु भन्ने विश्वास थिएन, सरकार पाउनुभयो । सरकार पाएपछि काम गर्छु भन्ने विश्वास जगाउनुपथ्र्यो । त्यो पनि जगाउनुभएन । हिजो कसरी आपसमा बाझ्नुभयो ? आज कसरी मिल्नुभयो ?

५ वैशाखमा छलफल हुनुपर्ने बजेट २० दिनसम्म रातो किताब सिरानी हालेर सुत्दिनुभयो । मैले अघि भनेको थिएँ, दिउँसै सपना देख्नुभएको रहेछ भनेर । माननीय ज्यूले प्रतिरक्षा गर्नुभयो । संघमा प्रधानमन्त्री शेरबहादुर देउवा दिउँसै निदाइदिनुहुन्छ । दिउँसै सपना देख्नका लागि बजेट किताब सिरानी हालेर सुत्नुभएको हो ? हैन भने के का लागि ? विडम्बना यो भन्दा ठूलो के हुन्छ ? लाजको पसारो के हुन्छ ? तपाईंहरूलाई लाज लाग्दैन ? सरकारलाई लाज लाग्दैन ? अर्थमन्त्री, मुख्यमन्त्री र अरु मन्त्रीहरूलाई लाज लाग्दैन ? यस्तो पनि हुन्छ ?

बजेटको के कुरा गर्ने ? प्राथमिकताका आधारमा नीति र कार्यक्रम आयो, त्यसकै आधारमा बजेट आयो भन्नुभएको छ । गहन सुझाव लिनुस् । प्राथमिकता के हो ? तपाईंहरूको प्राथमिकतामा कुनै प्राथमिकता छ ? सरकारको औकात के हो ? तपाईंहरूले ख्याल गर्नुभएको छ ? ७० भन्दा बढी अभियानका कार्यक्रम छन् । सबैलाई बजेटले समेट्न सक्छ ? बजेट वक्तव्य हेर्दा रातो किताबसँग कुनै साइनो नै छैन । बजेट भाषण रातो किताबसँग सम्बन्धित हुनुपर्छ । भौतिक पुर्वाधारका लागि १० अर्ब छुट्याएको छ, त्यसबाहेक कतै रकम उल्लेख छैन ।

न आवधिक योजनासँग, न मध्यमकालीन खर्च संरचनासँग मिलेको छ । त्यसैले बजेटमा हाम्रो विरोध छ । सवारी कर बढाएको भन्ने छ । जसले कर तिरेको छ, फेरी उसैलाई कर थप्ने ? की यता पनि केन्द्रमा जस्तै कुनै सुब्बाहरूको चलखेल छ ? नयाँ दायरा खोज्नु पर्दैन ? यसरी सरकार र संसद अगाडि बढ्न सक्दैन । गम्भीर होऔं ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते