Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सिरहामा मधेश विरोधी पोखरेलको पुतला दहन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

राम नारायण पंडित | भदौ २४, सिरहा | सिरहामा मधेश विरोधी एमाले नेता शंकर पोखरेलको पुत्ला दहन गरिएको छ ।

एमाले नेता पोखरेलले सामाजिक सञ्जाल ट्वीटरमा सार्वजनिक गरेको स्टाटसको विरोध गर्दै संघीय गठबन्धनका नेता तथा कार्यकर्ताहरुले सिरहाको लहानमा (विहिबारं) पुतला दहन गरेको संघिय समाजबादी फोरम नेपालका नेता राम दयाल यादबले जानकारी दिए । एमाले नेता पोखरेलले मधेशीलाई अपमान गर्ने किसिमको स्टाटस सामाजिक संजाल ट्वीटरमा ट्वीट गरेकोले पुतला दहन गरिएको नेता यादबले बताए । गठबन्धनका नेता तथा कार्यकर्ताहरुले एमाले नेता पोखरेलको बिरुद्धमा चर्को नाराबाजी गर्दै पुतला दहन गर्दै मधेश विरोधी एवम् अपमानजनक अभिव्यक्ति नदिन चेतावनी समेत दिएका छन् ।

पुतला दहन पश्चात आयोजित कोण सभामा फोरम नेता सत्यनारायण यादव, दिपेश कुमार यादव, कृष्ण बहादुर यादव लगायतका नेता तथा कार्यकर्ताहरुले मन्तव्यको क्रममा एमाले नेता पोखरेलप्रति आक्रोश व्यक्त गरेका थिए । नेता पोखरेल रंगभेदी अभिव्यक्ति दिएपछि मधेशमा चौतर्फी बिरोध भैइरहेको छ भने मधेशका जिल्लाहरुमा पुतला दहन गर्ने क्रम जारी नै रहेको छ ।