<p><b>साउन २३, काठमाडौँ | </b>एमाले अध्यक्ष केपी शर्मा ओली सवार सिम्रिक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । सोमबार दिउँसो पार्टी कार्यक्रमका लागि रौतहटको गौर जान उडेको ओली सवार हेलिकोप्टर खराब मौसमका कारण सिमरा विमानस्थलमा आकस्मिक अवतरण भएको हो । </p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/128a7f99cac243d0425139823450f8b61659955843.jpg" style="width: 887px;"><br></p><p>वर्षाका कारण हेलिकप्टर गौर जान नसकेर सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको बुझिएको छ । हेलिकप्टरमा अध्यक्ष ओलीसहित उनका सहयोगी सवार थिए । मौसममा सुधार नभए ओली सिमराबाट सडकबाटै गौर जानेबारे छलफल भइरहेको स्थानीय नेताहरुले बताएका छन् ।</p>
