2026-09-12 04:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

माओवादीबाट प्रवेश गरेका युवासँग किन खुसी छैन एमाले महाेत्तरीका नेताहरू ?

भदौ ३, महोत्तरी | मंगलबार माओवादी केन्द्रको भ्रातृ संगठन वाइसीएल नेपाल मधेस प्रदेशका इन्चार्ज शंकर महतोसहित एक दर्जन युवाहरू काठमाडाैं पुगेर एमाले प्रवेश गरे । वाइसीएल नेपालको राष्ट्रिय सम्मेलन हुँदै गर्दा वाइसीएलमै आवद्ध महोत्तरीका युवाहरूलाई  एमाले अध्यक्ष केपी ओलीले खादा लगाएर पार्टीमा भित्र्याए ।

यसअघि माओवादीका केन्द्रीय सदस्यसमेत रहेका टेकबहादुर बलम्पाकी र युवा नेता फाल्गुन सुस्लिङ मगर एमाले प्रवेश गरिसकेका छन् । बलम्पाकीलाई ओलीले १०औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । जुन निर्णयप्रति एमाले संस्थापन पक्ष सन्तुष्ट बन्न सकेका छैन ।

एमालेभित्र गुट, उपगुट निर्माण गरी बलम्पाकी र फाल्गुन सुस्लिङ मगरले कमजोर बनाउँदै लगेको संस्थापन पक्षकाे आरोप छ । एमाले प्रवेश गरे पनि नेताहरू अझै संस्थापन पक्षको चुलोचौकामा पुग्न सकेका छैनन् । केन्द्रबाट अधिवेशनसम्मका लागि जिल्ला इन्चार्जको जिम्मेवारी पाएका नेता बलम्पाकीलाई संस्थापन एमालेले स्वीकार गर्न सकेन । फलस्वरूप जिल्ला अधिवेशन गराउन नेता बलम्पाकी पटक-पटक असफल मात्र भएनन् इन्चार्जबाटै हटे । एमाले जिल्ला अधिवेशन ५ र ६ असोजलाई निर्धारण गरिएको छ । बलम्पाकीलाई हटाएर अर्का केन्द्रीय सदस्य सरोज यादवलाई इन्चार्ज बनाइएको छ । 

पूर्वमाओवादीकै कारण घरझगडा बढिरहेको आरोप लागिरहेका बेला मधेस प्रदेश कमिटी सदस्य शकर महतो तथा वाइसिएयल महोत्तरी इन्चार्ज मनोज थापा, निरज अधिकारीहरूलाई एमालेले कसरी स्वीकार गर्ला भन्ने प्रश्न उब्जेको छ । शंकर महतो गिरिराजमणि पोखरेल निकट हुन् । पोखरेल शिक्षामन्त्री हुँदा उनी झन्डै पाँच वर्ष उनकाे सचिवालयमा बसेर काम गरेका थिए । 

निरज अधिकारीले पनि माओवादीबाटै आफ्नो राजनीतिक हैसियत बनाएका हुन् । २०७४ को निर्वाचनमा वडा सदस्य जितेका अधिकारीले २०७८ को निर्वाचनमा वडाध्यक्षका लागी दाबी गरेका थिए । जनमोर्चा धारका अधिकारीलाई संस्थापन पक्षले टिकट नदिएपछि उनले माओवादी छाडेको घोषणा गरेका थिए । वडाध्यक्षमा बागी उम्मेदवारी दिएका अधिकारी अर्का स्वतन्त्र उम्मेदवार भोला खड्कासँग पराजित भएका थिए । वाइसीएल महोत्तरीका संयोजक मनोज थापालाई पनि सम्मानित पदमै हैसियत दिएको थियो ।

एमाले महोत्तरीका नेताहरू माओवादी छाडेर आएका युवाहरूसँग त्यति धेरै खुसी छैनन् । गुटगत राजनीति गर्न सिकेका नेताहरू एमालेमा भाँडभैलो गर्लान् कि भन्ने एमाले संस्थापन पक्षको चिन्ता छ । एमाले केन्द्रीय सल्लाहकार  सरिता ढुंगाना जिल्लामा पार्टी कमजोर बन्नुमा पूर्वमाओवादीहरूलाई दोष दिन्छिन् ।

तर मंगलबार एमाले प्रवेश गरेका शंकर महतो पार्टी बलियाे बन्न सहयाेग गर्ने बताउँछन् । एमालेले प्रदेश सभा सदस्यको टिकट दिने सुनिश्चित गरेपछि महताे पार्टी प्रवेश गरेकाे चर्चा चलेकाे छ ।

वाइसिएलको केन्द्रीय अध्यक्ष नपाउने भएपछि महतो एमाले प्रवेश गरेको स्रोतले बताएको छ । माओवादीमा अथाह अवसर दिँदादिँदै पनि एकैचोटि ठूलो भाग खोजेको माओवादी केन्द्रका नेताहरूको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस