राम नारायण पंडित/भदौ २६, सिरहा । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ जनसभालाई सम्वोधन गर्न भोली (सोमवार) सिरहाको मिर्चैया आउने भएको छ ।

संबिधानको मस्यौदामाथि छलफल गर्न गत वर्ष यहाँ आएको वेला ढुङ्गामुडा वेहोर्नु परेको दहाल भारत जानु अघि मधेसको अवस्था बुझ्न आउन लागेको जानकारहरु बताउनुहुन्छ ।

सरकार गठनमा मधेसी दलहरुको पनि समर्थन रहेपनि दहाल मधेसी जनताको अवस्था बुझ्न यहाँ आउन लागेको जानकारहरुको विश्लेष्ण रहेको छ । भारत जानुअघि मधेसको जनमत पनि बुझ्ने चाहाना अनुसार नै वर्षामासमा यो कार्यक्रमको आयोजना गरेको बताईएको छ ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि भारत जानुभन्दा पहिला आफ्नो निर्वाचन क्षेत्रका जनतासँग भेटघाट गरेर जाने चाहाना सहित दहाल सिरहा आउन लाग्नु भएको जनसभा आयोजकले जानकारी दिएपनि मधेसको सेन्टिमेन्ट बुझ्न आउन लागेको जानकारहरु बताउँछन् । अहिले यसरी जनसभा गर्नुको कुनै तुकै नरहेको जानकारहरु बताउँछन् ।

प्रचण्डको सुरक्षामा चार सय प्रहरी तैनाथ

माओवादी केन्द्रका अध्यक्ष तथा प्रभानमन्त्रि पुष्पकमल दहाल सिरहा आउने भएपछि यहाँका सुरक्षा ब्यबस्था तैनाथ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी श्याम ज्ञावालीले दिएको जानकारी अनुसार प्रचण्डको सुरक्षाको लागि काठमांडौको बिषेश प्रहरी टोली, क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरका प्रहरीलाई खटाइएको छ ।

त्यस्तै जिल्लामा प्रत्येक चौकहरुमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रचण्डको सुरक्षाको लागि चार सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको एसपी ज्ञवालीले बताए । ज्ञातब्य, यसअधि संबिधानको मस्यौदा माथि छलफल गर्न आएका प्रचण्डलाई स्थानियहरुले ढुंगामुढासंगै बिरोध गरेका थिए ।

यसअघि बिरोध गरेका मिर्चैयावासी दहालको भव्य स्वागत गर्ने तयारीमा

संबिधानको मस्यौदा सुझाव संकलनका क्रममा बिरोधका साथै ढुङ्गामुडा गरेकाका नेकपा माओवादीका केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहाललाई यहाँका जनताले भव्य स्वागतको तयारी गरेको छ ।

मिर्चैया वरपरका सरकारी तथा गैरसरकारी संघसंस्था तथा विद्यालायहरुले ठाउँ ठाउँमा स्वागतद्वार बनाएका छन् । प्रधानमन्त्री दहालले सम्वोधन गर्नुहुने जनसभाको तयारी तिव्र रुपमा भईरहेको आयोजक समितिका जगत यादवले बताउनु भएको छ ।

उहाँका अनुसार जिल्लाका सवै क्षेत्रबाट व्यापक मात्रामा जनमास उतार्न सम्पूर्ण पार्टी कमिटि लागेको छ । कार्यक्रममा प्रदेश नं. २ का सवै जिल्लाबाट सहभागीहरु उपस्थित हुने बताएको छ ।

प्रधानमन्त्री प्रचण्ड सिरहा आउँदै, प्रचण्डको सुरक्षामा चार सय प्रहरी तैनाथ