2026-09-12 03:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

लोसपाका प्रमुख सचेतक अरगरीयालाई एमालेमा प्रवेश गराउन ओली पुनःधनुषा आउने

भदौ ३०, धनुषा | लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरीया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । उनलाई प्रवेश गराउनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली केही दिनकै अन्तरालमा पुनःधनुषा आउन लागेका हुन् ।

यसअघि सोमबार जनकपुरधामको ऐतिहासीक तिरहुतिया गाछीमा आयोजित एमालेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा जसपाका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, नेपाली कांग्रेस धनुषाका पूर्वउपसभापति सन्तोष यादवसहितका नेता तथा कार्यकर्ताहरू एमाले प्रवेश गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै ओलीले असोज ८ गते फेरि धनुषामा आएर विभिन्न पार्टीका नेताहरूलाई प्रवेश गराउने र रोक्न सके उनीहरूलाई रोकेर देखाउन अन्य दललाई उनले चेतावनी दिएका थिए । संसद विघटन गरेपछि ओलीले विस्तार गरेको मन्त्रिपरिषदमा अरगरीया लोसपाबाट पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका थिए ।

लोसपा धनुषा क्षेत्र नं. २ को क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा सदस्यका लागि अरगरियाको एकल नाम सिफारिस गरेको हो । ०७४ मा अरगरिया झण्डै १४ हजार मतान्तरले निर्वाचित संघीय सांसद हुन् । उनी एमाले प्रवेश गर्न लागेको खबर कयौँ पटक आएपनि अन्ततः उनी एमाले असोज ८ मा एमाले प्रवेश गर्न लागेको स्विकार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस