कांग्रेस नेता घिमिरेको निधन

साझासवाल
1 Min Read

भदौ ३१, काठमाडौँ | नेपाली कांग्रेसका नेता विजयराज घिमिरेको निधन भएको छ। कांग्रेस केन्द्रीय लेखा समितिका पूर्वसदस्य र पूर्वमहासमिति सदस्य घिमिरेको उपचारका क्रममा निधन भएको हो।

पाल्पाका घिमिरेको बिहीबार बेलुकी ८ बजेर १५ मिनेटमा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर जनाएका छन्। घिमिरे २०५६ र २०७४ को आमचुनावमा पाल्पा क्षेत्र नम्बर १ मा कांग्रेसबाट उम्मेदवार थिए।

घिमिरेले कांग्रेसको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेलेकोसमेत कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। उनको आज दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि हुनेछ।

कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले घिमिरेको निधनमा गहिरो दु:ख व्यक्त गरेका छन् भने परिवारजनमा समवेदना प्रकट गरेको कांग्रेसले निकालेको विज्ञप्तिमा उल्लेख छ।

Leave a Comment

Leave a Reply