रुकुम पश्चिम : एक बालककाे शव मकैबारीमा भेटियो

साझासवाल
1 Min Read

असोज ३, काठमाडौं | रुकुम पश्चिममा एक बालककाे शव मकैबारीमा फेला परेको छ ।

आइतवार बेलुका आठबिसकोट नगरपालिका-५ गोतामकोटका स्थानीय टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय विष्टको शव मकैबारीमा फेला परेको हाे । उनी भदौ ३१ गतेदेखि हराएका थिए ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले बालककी आमाले मकैबारीमा शव देखेपछि प्रहरीलाई खबर गरेकाे जानकारी दिनुभयाे ।

बालकको शव क्षतविक्षत अवस्थामा भेटिएको श्रेष्ठले बताउनु भयाे । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Share This Article
Leave a Comment

Leave a Reply