2026-09-11 10:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

१२ कक्षा पास गर्नेलाई सके रोजगार नसके बेरोजगार भत्ता दिने घोषणा

कात्तिक २१, काठमाडौँ | लुम्बिनी प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार केशव रावलले १२ कक्षा पास गर्ने प्रत्येकलाई सके रोजगार दिने नसके बेरोजगार भत्ता दिलाउने घोषणा गरेका छन् ।

रुकुम(पूर्व) प्रदेशसभा तर्फको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका रावलले आइतबार ‘सपना तथा प्रतिबद्धता’ सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

‘१२ कक्षा पास गरेका हरेक युवा युवतीलाई अनिवार्य रोजगारीको प्रबन्ध गरिनेछ । रोजगारी प्रबन्ध नहुदा सम्म राज्य द्वारा बेरोजगार भत्ताको उपलब्धता गराउन पहल गरिनेछ’ उनको घोषणा छ ।

व्यापार–व्यवसाय गर्न इच्छुकलाई परामर्श सेवा जिल्ला स्तरमा उपलब्ध गराउने र सुरुवाती पूजीँ अभाव हुन नदिन विना धितो स्वरोजगार ऋण प्रदान गर्ने व्यवस्था गर्न पनि उनको प्रतिबद्धता छ ।

बेरोजगारलाई सीपमुलक तालिम दिने, परम्परागत सीपलाई आधुनिकिकरण, व्यवसायिकरण र बजारीकरण गर्ने, सिल्पी समुदायको सीप क्षमतालाई स्तरकरणी गर्दै आरन, सुनचाँदी पसल, सिलाइ बुनाइ, हस्तकला, गार्मेन्टहरुको विकास गर्ने लगायतका प्रतिबद्धता रावलको छ ।

स्वास्थ्यतर्फ प्रत्येक वडामा न्युनतम आधारभुत सेवा सुबिधा उपलब्ध गराउने, स्वास्थ्य बीमा अनिवार्य गर्ने, हरेक नागरिकको वर्षमा एक पटक निशुल्क र अनिवार्य स्वास्थ्य परिक्षण गर्ने, सबै प्रकारका खोप निःशुल्क उपलब्ध गराइने रावलको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

आधारभूत शिक्षालाई अनिवार्य गर्ने, किसानहरुलाई नगदेवालीमा प्रोत्साहन गर्ने, वास्तविक किसानलाई विशेष अनुदानको व्यवस्था गर्ने, किसानहरुले उत्पादन गरेका सवैखाले उत्पादित वस्तुहरु संकलन गर्न कम्पनी लिमिटेड बनाइ उचित मुल्यमा गाउमै खरिद गर्ने व्यवस्था गर्ने घोषणा छ ।

स्वच्छ खानेपानी सहितको ‘एक घर–एक धारा’ अनिवार्य व्यवस्था गर्ने लगायतका प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस