2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

‘आश्वासन धेरै पायौँ, अब विकास चाहियो’

कात्तिक २४, दोधारा चाँदनी | कञ्चनपुरको बेदकोट नगरपालिका–७ का विष्णु जोशीलाई दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने र दैजीको छेलामा औद्योगिक क्षेत्र स्थापना हुने सुनेको दशकभन्दा बढी भइसक्यो । 

रोजगारीको सिलसिलामा भारतमा रहेका उहाँ यसपटक मतदान गरेर फर्किने तयारीमा हुनुहुन्छ । “गएको चुनावमा औद्योगिक क्षेत्र बन्छ यहीँ रोजगारी पाइन्छ भनेर म पनि उत्साही भएर भोट हालेको थिएँ”, उहाँले भन्नुभयो, “भारतमा काम गर्ने बेला नेपालका नेताको समाचार सुन्दा दिक्क लाग्थ्यो ।” 

आश्वासन होइन विकास चाहियो'

उहाँले निर्वाचनको बेला मात्रै विकासका आश्वासन दिने र पछि काम नगर्ने प्रवृत्तिले दलहरु प्रति वितृष्णा जागेको बताउनुभयो । “हामीले धेरै चुनावमा आश्वासन पायाँै अब हामीलाई विकास चाहियो”, उहाँले भन्नुभयो, “यसपटक पनि आश्वासन धेरै पाइएको छ, हेरौँ के गर्छन् ।” अहिले पनि यहाँका उम्मेदवारले दैजी छेलामा औद्योगिक क्षेत्र स्थापना गर्ने, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निमार्ण गर्ने र महाकाली करिडोर निर्माण गरी कञ्चनपुरलाई त्रिदेशीय नाकाका रुपमा विकास गर्ने चुनावी मुद्दा बनाएका छन् ।

दोधारा चाँदनी नगरपालिका–८ का इन्दा सुनारलाई दोधारा चाँदनीको कञ्जभोजमा सुक्खा बन्दरगाको कुरा सुनेको करिब सात वर्ष भयो । “अघिल्लो निर्वाचनका बेला यहाँ सुक्खा बन्दरगाह बन्छ, रोजगारी पाइन्छ भन्थे”, उहाँले भन्नुभयो, “अहिले पनि उम्मेदवारले त्यही आश्वासन मात्रै दिने गरेका छन ।” उहाँले उपचारका लागि दोधारा चाँदनीमै अस्पताल हुनुपर्ने बताउनुभयो । “हामीलाई उपचार गर्न धेरै समस्या पर्छ यहाँ सुविधा सम्पन्न अस्पताल छैन”, उहाँले भन्नुभयो, “हामीलाई ,बिजुली, खानेपानी र अस्पताल चाहियो ।” 

उहाँले यसपटक पनि गाउँमा सुविधा नभए अर्को पटक मतदान नगर्ने बताउनुभयो । भीमदत्त नगरपालिका–९ का राम नाथलाई महाकाली करिडोर घरआँगनमै पुग्छ भन्ने सुनेको करिब दशक भइसक्यो । “महाकाली करिडोर बन्छ मात्रै भन्छन तर बन्ने कहिले हो ?”, उहाँले आक्रोसित हुँदै भन्नुभयो, “हाम्रो पालामा त त्यस्तै हो नातिको पालामा बन्ला ।” उहाँले विकास कुरा धेरै सुनेको तर काम कहीँ नभएको बताउनुभयो । उहाँ यसपटक मतदान नगर्ने मनस्थितिमा हुनुहुन्छ । 

मङसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा यहाँका उम्मेदवारले महाकाली करिडोर, दोधारा चाँदनीमा सुक्खा बन्दरगा र दैजीछेला औद्योगिक क्षेत्रको मुद्दा प्राथमिकताका साथ उठाएका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार मतदातालाई आश्वस्त पार्न व्यस्त छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक