2026-09-12 09:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सङ्घीयता र लोकतन्त्रको मजबुती नै आवधिक निर्वाचन : मुख्यमन्त्री पोखरेल

कात्तिक २६, कास्की | गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मङ्सिरमा हुने निर्वाचन सफल बनाउन तिनै तहको सरकार एक भएर लाग्नुपर्ने बताउनुभयो ।

पोखरामा शुक्रबार आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा उहाँले निर्वाचन भयरहित, स्वतन्त्र बनाउनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार एक भएर लाग्नुपर्ने बताउनुभएको हो । “आयोगलाई सरकारले पैसा छुट्याएको छ । त्यो भएन भने प्रदेश सरकारले हेरेर बस्ने कुरा पनि भएन”, उहाँले भन्नभयो, “हाम्रो लक्ष्य यो अभियानलाई सफल बनाउने हो ।”

सङ्घीयता र लोकतन्त्रको मजबुती नै आवधिक निर्वाचनमा आधारित भएकाले यसलाई सफल बनाउन सबै क्षेत्र लाग्नुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “निर्वाचन एउटा प्रक्रिया मात्रै होइन ।  निर्वाचन यसो उसो गरेर भोट हालेर पठाउने मात्रै पनि होइन, भयरहित, शान्तिपूर्ण निर्वाचन भनेको जनताको मौलिक अधिकार पनि हो र जनताको आशा पनि हो ।”

यो पाँच वर्षको अवधिमा भएका काम र व्यवस्थाको निरन्तरता यो पटकको निर्वाचनले कायम गर्नुपर्ने उहाँले बताउनुभयो । पाँच वर्षको सङ्घीयताको कार्यान्वयनको सन्दर्भमा प्रत्येक क्षेत्र नयाँ प्रयोग भएको उहाँले बताउनुभयो । अधिकार क्षेत्रका विषयमा केन्द्रसँग विमती रहेको पनि उहाँले सुनाउनुभयो । विविध समस्या रहँदारहँदै पनि निर्वाचन सफल बनाउन पछि नहट्ने उहाँको भनाइ थियो ।

भौगोलिक विकटता चुनौती 

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्न गण्डकी प्रदेशमा भौगोलिक विकटता चुनौती हुने देखिएको छ । 

मनाङ, मुस्ताङ र उत्तरी गोरखामा अहिले हिउँ पर्न थालिसकेको छ । प्रदेश सुरक्षा समन्वय समितिका अुनसार हिउँ पर्ने स्थानमा चुनौती देखिएको हो । समितिका अनुसार गोरखाका २२, मनाङका पाँच र म्याग्दीका तीन वटा गरी ३० मतदानस्थलका मतपेटिका हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने बाध्यता छ । यी क्षेत्रमा मतदातालाई मतदानका लागि समस्या हुने आँकलन समितिको छ । समितिका सदस्य सचिव बद्रीनाथ अधिकारीले गण्डकीको सुरक्षा अवस्थाबारे जानकारी गराउँदै करिब १८ हजार सुरक्षाकर्मी खटाइने बताउनुभयो । 

पोखरामा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा राजनीतिक दल र उम्मेदवारबीच अस्वस्थ प्रतिस्पर्धा पनि चुनौती हुने विषयमा छलफल भएको थियो । निर्वाचनमा परिचालित कर्मचारीको सुरक्षा, कर्मचारीको व्यवस्थापकीय त्रुटी, भौगोलिक विकटता र मौसमका कारण मतपेटिका ढुवानीमा हुन सक्ने कठिनाइ पनि निर्वाचन सुरक्षाका चुनौती हुन् । 

गण्डकी प्रदेशमा प्रतिनिधिसभातर्फ एक सय ९६ र प्रदेशसभातर्फ दुई सय ३५ उम्मेदवार छन् । प्रतिनिधिसभातर्फ २२ महिला र प्रदेशसभातर्फ २९ महिला उम्मेदवार छन् । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले इजाजत लिएका हातहतियार अझै नबुझाएका कारण चुनौती बढेको बताउनुभयो । “इजाजत लिएका हतियार एक हजार आठ सय हाराहारी मात्रै बुझाएका छन् । बाँकी हतियार आएको छैन”, उहाँले भन्नुभयो, “ अवाञ्छित गतिविधि होला भनेर १५ दिन अगाडिदेखि नै रक्सी बिक्री वितरणमा रोक लगाएका छौँ । ७२ घण्टा अगाडि बोर्डर सिल गरिन्छ ।” 

गण्डकीको गोरखामा रुइला भन्ज्याङ, नवलपुरको छोटी भन्सार तथा मुस्ताङको कोरला नाका सिल हुनेछ । यद्यपि उत्तरका नाका कोरोना कालदेखि नै बन्द अवस्थामा छन् । छोटी भन्सार  खासै चहलपहल छैन । गण्डकीमा निर्वाचनका लागि पाँच हजार सात सय ९९ प्रहरी खटिनेछन् । ११ हजार पाँच सय ८० म्यादी प्रहरी, पाँच सय १६ मोबाइल प्रहरी र छ सय ८८ म्यादी प्रहरी तैनाथी हुनेछन् । दुई सय २८ प्रहरी र एक सय २१ म्यादी प्रहरी रिजर्भमा राखिएका छन् । कारागारका मतदानस्थलमा ३० प्रहरी र ५० म्यादी खटाइने प्रदेश सुरक्षा समन्वय समितिका सदस्य सचिव बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो ।

कर्मचारी मतदानस्थलमा १५ प्रहरी र २५ म्यादी, निर्वाचन सेलमा ८४ प्रहरीसहित छ हजार छ सय ८६ प्रहरी र १२ हजार चार सय ६४ म्यादी प्रहरी खटाइने उहाँले जानकारी दिनुभयो । गृहसचिव विनोदप्रकाश सिंहले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन कसैसँग पनि सम्झौता नगर्न निर्देशन दिनुभयो । गोष्ठीमा १० जिल्लामा प्रजिअ र सुरक्षा प्रमुख सहभागी हुनुभएको थियो । मनाङको टिमले भर्चुअल रुपमा सहभागिता जनाएको थियो । निर्वाचनमा अपनाउनुपर्ने सुरक्षा रणनीति, सबल पक्ष र चुनौतीका बारेमा छलफल गरी निक्र्योल निकाल्न गोष्ठी आयोजना गरिएको हो । उक्त अवसरमा ११ वटै जिल्लाका प्रजिअले जिल्लागत रुपमा प्रस्तुति राख्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस