Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनाब जितेका नेता फर्केर नआएको गुनासो गर्दा मतदातामाथि हातपात

२०७९, ३० कार्तिक बुधबार ०८:२८

कात्तिक २९, धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा एक मतदातामाथि घरदैलोको क्रममा हातपात तथा अभद्र व्यवहार भएको छ । क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ बस्ने विशेश्वर महतोले आफूमाथि एमाले नेताकार्यकर्ताले घरदैलोको क्रममा हातपात गरेको आरोप लगाएका हुन् ।

एमालेका स्थानीय नेताकार्यकर्ता महेन्द्र यादव, पूर्व वडाध्यक्ष रामकिसुन यादव, ललित साह सहितका कार्यकर्ता घरमै आएर मंगलबार साँझ हातपात तथा अभद्र व्यबहार गरेको उनको आरोप छ ।

मंगलबार अपराहन्न साढे ५ बजेतिर एमालेकी समानुपातिक उम्मेदवार समुदा खातुनसहितका महिलानेतृ तथा कार्यकर्ता सूर्य छापमा मतदान गर्न आग्रह गर्दै उनको घरमा पुगेका थिए ।


महतोका अनुसार आफ्नी श्रीमती कविताले जितेपछि नेताहरु पाँच वर्ष फर्केर आउँदैन, किन भोट दिने भन्दै आक्रोश पोखेकी थिइन् । सोही कुरालाई लिएर उनीहरुबीच भानाभान भएको थियो । महतोले श्रीमतीको पक्षमा बोलेपछि तत्कालै फोन गरेर एमाले कार्यक बोलाएर हातपात तथा अभद्र व्यबहार गरेको बताए ।

उनले आफूमाथि कुटपिट गर्नेमाथि कारबाहीको माग गरेका छन् । स्थानीय प्रत्यक्षदर्शीले एमाले कार्यकर्ताको यो तरिका ठीक नभएको भन्दै विरोध गरेपछि उनीहरु फर्केका थिए ।

‘उनीहरुले मत माग्न गएका महिलालाई गाली गरेपछि हामी पुगेका थियौं । विशेश्वर उल्टै बढी बोल्न थालेपछि विवाद हुन्छ भनेर मात्र महेन्द्रजी र मैले धकेलेर घरभित्र पुर्याउन खोज्यौं । धक्काधुक्की मात्र भयो । कुटपिट गरेका हैनौं’ सोही घटनामा संलग्न भनिएका एमालेका स्थानीय नेता तथा पूर्व वडाध्यक्ष रामकिशुन यादवले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश