पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>मङ्सिर ४, रुपन्देही ।</b> गृहमन्त्री तथा नेपाली काँग्रेसबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार बालकृष्ण खाँडले आफैलाई भोट हाल्न पाएनन् । रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधी सभाको प्रत्यक्ष तर्फको उम्मेदवार रहेका खाण भोट लिस्टमा नाम नभएर बन्चित भएका हुन् । उनको मतदाता नामावली रुपन्देही क्षेत्र नं. १ मा रहेकोले आफूले आफैलाई भोट हाल्नबाट बन्चित हुनु परेको हो ।<br></p><p>त्यस्तै रुपन्देही क्षेत्र नं. ५ का नेकपा एमालेबाट प्रत्यक्ष तर्फ प्रतिनिधी सभाको उम्मेदवार बनेका बासुदेव घिमिरे पनि बन्चित भए । उनको मतदाता नामावली रुपन्देही क्षेत्र नं. २ मा रहेकोले आफूले आफैलाई भोट हाल्न पाएनन् ।</p>

