पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>मङ्सिर ४, बाजुरा |</b> बाजुरामा विवाद हुँदा ३ स्थलमा मतदान स्थगित भएको छ। <br></p><p>बुढीगंगा नगरपालिका वडा न ८ को मतदान केन्द्र, बुढीनन्दा नगरपालिका वडा न ५ र स्वामिकार्तिक खापर गाउँपालिका वडा ४ को मतदान स्थगित गरिएको छ।</p><p>विभिन्न राजनीतिक दलहरूले विवाद गरेपछि ती मतदान केहीबेरका लागि राेकिएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नयाव उपरीक्षक सूर्य थापाले बताए। मतदान सुचारू गर्न छलफल चलिरहेको छ।</p>

