मङ्सिर ६, कैलाली | कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

आज अत्तरियास्थित उनकाे निवासमै पुगेर ज्यान मार्ने धम्की दिने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

पक्राउ पर्नेमा धनगढी १४ का शेरबहादुर लामा र गोदावरी नगरपालिका २ तेघरीका दीपेन्द्र विक रहेका छन् ।

धम्की दिँदा भट्ट भने निवासमा थिएनन् । पक्राउ परेका दुवै जना पूर्वलडाकु रहेकाे पनि जाेशीले बताए ।

मतगणना चलिरहँदा लेखराजलाई घरमै गएर ज्यान मार्ने धम्की, दुई जना पूर्वलडाकु पक्राउ
Leave a Comment