बाँके–१ को (१)बाट माओवादीका केसी निर्वाचित

साझासवाल
1 Min Read

<p><b>मङ्सिर ९, बाँके | </b>बाँके निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) बाट नेकपा (माओवादी केन्द्र)का कृष्णा केसी दोस्रोपटक निर्वाचित हुनुभएको छ ।&nbsp;<br></p><p>उहाँ एक हजार एक सय ३७ मतको अन्तरले निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।&nbsp; केसीले नौ हजार एक सय तीन मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम् प्रतिद्धन्द्वी नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीले सात हजार नौ ६६ मत प्राप्त गर्दा तेस्रो स्थानमा रहनुभएका राप्रपाका नरेन्द्रकुमार पौडेलले सात हजार दुई सय ५८ मत पाउनुभएको छ । सो निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा)का अम्बरबहादुर खड्काले तीन हजार सात सय छ मत ल्याउनुभएको छ ।</p><p>माओवादी नेतृ केसी यसअघि विसं २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित हुनुभएको थियो ।&nbsp;&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply