Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

कैलाली–५ मा प्रतिनिधिसभामा कांग्रेसका पन्त निर्वाचित

By साझासवाल

मंसिर ९, कैलाली | कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित हुनुभएको छ । आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नारदमुनि रानालाई नौ सय ५८ मतान्तरले पराजित गरी उहाँ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुुनुभएको हो ।

जम्मा ६५ हजार छ सय १३ मतमध्ये विजयी हुनुभएका पन्तले २१ हजार तीन सय ९२ मत प्राप्त गर्नुभयो भने पराजित रानाले २० हजार तीन सय १८ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले आठ हजार नौ सय ९८ र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको अर्का स्वतन्त्र उम्मेदवार जगदिश चौधरीले छ हजार छ सय १९ मत प्राप्त गर्नुभयो ।