२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

मधेश प्रदेश : प्रतिनिधिसभाका चार स्थानको नतिजा आउन बाँकी, कहाँ को अगाडि ?

२०७९, १० मंसिर शनिबार ०५:३४

मङ्सिर १०, जनकपुरधाम । मधेश प्रदेशमा आठ जिल्लाका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये अब चार स्थानको नतिजा आउन बाँकी छ । अहिलेसम्म २८ स्थानको नतिजा सार्वजनिक भएको छ । नतिजा आउन बाँकी चार स्थानमध्ये एक स्थानमा नेपाली कांग्रेस, दुई स्थानमा माओवादी केन्द्र र एक स्थानमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अगाडि छन् । 

निर्वाचन आयोगले अहिलेसम्म सार्वजनिक गरेको परिणामअनुसार नेकपा (एमाले) र नेपाली कांग्रेसले सात÷सात स्थानमा जितेको छ । जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार पाँच क्षेत्रमा निर्वाचित भएका छन् । अहिलेसम्म कुनै पनि स्थानमा जित निकाल्न नसकेको माओवादी केन्द्रका उम्मेदवार दुई स्थानमा अगाडि छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले तीन, स्वतन्त्रले तीन, एकीकृत समाजवादीले दुई र जनमत पार्टीले एक स्थानमा जित निकालेको छ । 

एमालेका सात उम्मेदवार क्रमशः सिरहा क्षेत्र नं १ मा रामसंकर यादव, धनुषा ३ मा जुली महतो (महासेठ), सर्लाही ३ मा हरिप्रसाद उप्रेती, बारा १ मा अच्युतप्रसाद मैनाली, पर्सा ३ मा राजकुमार गुप्ता, सिरहा निर्वाचन क्षेत्र नं ३ मा लिलानाथ श्रेष्ठ र बारा निर्वाचन क्षेत्र नं ३ मा ज्वालाकुमारी साह निर्वाचित हुनुभएको हो । 

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार विभिन्न जिल्लाका सात स्थानमा निर्वाचित भएका छन् भने परिणाम आउन बाँकी एक स्थानमा अगाडि छ । अहिलेसम्म निर्वाचित हुने कांग्रेस उम्मेदवारमा सप्तरी क्षेत्र नं ३ मा दिनेशकुमार यादव, धनुषा क्षेत्र नं २ मा रामकृष्ण यादव, रौतहट ४ मा देवप्रसाद तिमलसेना, पर्सा २ मा अजयकुमार चौरसिया, पर्सा ४ मा रमेश रिजाल, सप्तरी ४ मा तेजुलाल चौधरी र महोत्तरी ४ मा महेन्द्रकुमार राय हुनुहुन्छ । धनुषा ४ मा सहमहामन्त्री महेन्द्र यादव अगाडि हुनुहुन्छ । 

जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार पाँच स्थानमा निर्वाचित भएका छन् भने एक स्थानमा अगाडि छन् । जसपाबाट सप्तरी १ मा नबलकिशोर साह, सिरहा ४ मा वीरेन्द्रप्रसाद महतो, पर्सा १ मा प्रदीप यादव, बारा–२ मा रामसहायप्रसाद यादव र सिरहा–२ मा राजकिशोर यादव निर्वाचित हुनुभएको हो । धनुषा निर्वाचन क्षेत्र नं १ मा जसपा उम्मेदवार दीपक कार्कीले अग्रता कायम गर्नुभएको छ । यहाँ माओवादी केन्द्रका उपमहासचिव मातृका यादव सुरुदेखि नै पछाडि हुनुहुन्छ । 

माओवादी केन्द्रका कुनै पनि उम्मेदवारले अहिलेसम्म जित निकालेका छैनन् तर दुई क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार अगाडि छन् । सर्लाही निर्वाचन क्षेत्र नं २ मा महेन्द्र राय यादव र महोत्तरी निर्वाचन क्षेत्र नं १ मा गिरिराजमणि पोखरेल अगाडि हुनुहुन्छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार तीन क्षेत्रमा निर्वाचित हुनुभएको छ । महोत्तरी–२ मा शरदसिंह भण्डारी, सर्लाही–१ मा रामप्रकाश चौधरी र महोत्तरी निर्वाचन क्षेत्र नं ३ मा पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर निर्वाचित हुनुभएको हो ।

त्यसैगरी नेकपा (एकीकृत समाजवादी) का दुई उम्मेदवार निर्वाचित हुनुभएको छ । सो पार्टीका अध्यक्ष माधवकुमार नेपाल रौतहट निर्वाचन क्षेत्र नं १ र कृष्णकुमार श्रेष्ठ बारा निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित हुनुभएको हो । जनमत पार्टीले पनि एक स्थानमा जित निकालेको छ । पार्टी अध्यक्ष डा सिके राउत सप्तरी निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको छ । त्यसैगरी तीन क्षेत्रमा स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभएको छ । निर्वाचित हुनेमा सर्लाही निर्वाचन क्षेत्र नं ४ मा अमरेशकुमार सिंह, रौतहट निर्वाचन क्षेत्र नं २ मा किरण कुमार साह र रौतहट निर्वाचन क्षेत्र नं ३ मा प्रभु साह रहनुभएको छ । 

निर्वाचन आयोगको तथ्याङ्कअनुसार मधेश प्रदेशका आठ जिल्लामा प्रतिनिधिसभातर्फको ३२ सिटका लागि विभिन्न दलका दुई सय ९३ र स्वतन्त्र दुई ९७ गरी पाँच सय ९० उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ