<p><b>मङ्सिर १०, रुपन्देही |</b> गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका दीपक बोहोरा विजयी भएका छन्। राप्रपाका दीपक बोहोराले खाणलाई २,०४२ मतान्तरले पराजित गरेका हुन्। <br></p><p>दीपक बोहोराले ३६ हजार ६४८ मत ल्याएर विजय भएका हुन् | कांग्रेस नेता बालकृष्ण खाणले ३४ हजार ६ ल्याएर पराजित भएका हुन् । खाण ५ दलीय गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका थिए। राप्रपाका दीपक बोहोरालाई एमालेले समर्थन गरेको थियो।</p>
गृहमन्त्री खाणलाई पराजित गर्दै रुपन्देही ३ मा राप्रपाका दीपक बोहोरा विजयी




