2026-09-12 01:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

निर्वाचनमा व्यक्ति वा दलको नभई लोकतन्त्रको जित भयो : उपाध्यक्ष पौडेल

मङ्सिर १२, रुपन्देही । रुपन्देही क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले हालैको निर्वाचनमा कुनै व्यक्ति वा दलले नभई लोकतन्त्रको जित भएको बताउनुभएको छ । 

प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “यो कुनै व्यक्ति तथा पार्टीको नभएर लोकतन्त्रको जित हो, लोकतान्त्रिक प्रणालीको जित हो ।” उहाँले आफू पनि सो क्षेत्रबाट जनताको अमूल्य मतका आधारमा निर्वाचित भएको र यो निर्वाचनलाई आफूले काँधमा आएको अभिभाराका रुपमा लिएको बताउनुभयो । 

उहाँले देशलाई निकास दिन राजनीतिक स्थायित्वको जरुरी भए पनि कुनै दललाई बहुमत नआएको बताउँदै उहाँले अहिलेको जनादेशलाई नै स्वीकार गरेर त्यसअनुरुप नै अगाडि बढ्ने बताउनुभयो । “देशमा निकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको पनि बताउनुभयो । 

देशमा स्वस्थ लोकतान्त्रिक मान्यतालाई अघि बढाउन निर्वाचनको प्रचारका दौरान जनताका बीचमा गएको तर आफूले कसैको विरोध नगरेको भन्दै उपाध्यक्ष पौडेलले सबै मतदाताको भावना बुझेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

नेता पौडेलले निर्वाचनमा जित र हार स्वाभाविक भएको बताउँदै सबै मतदाताको प्रतिनिधि भएर काम गर्ने र सबैप्रति समदूरीको व्यवहार गर्ने बताउनुभयो । पत्रकारको एक जिज्ञासामा उहाँले सरकारको नेतृत्वका लागि अवसर प्राप्त भएमा पार्टीले प्रधनमन्त्रीका लागि पार्टी अध्यक्ष केपी ओलीलाई नै अघि सार्ने पनि स्पष्ट पार्नुभयो ।

निर्वाचनपछि अब आफू भौतिक संरचनाका साथै मानवीय विकासका काममा केन्द्रित हुने बताउँदै निरन्तर खबरदारी र समीक्षात्मक विवेचना गर्न पत्रकारलाई आग्रह गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस